काठमाडौं । दुर्गेश थापा र योगेश काजीको आवाजमा गीत ‘सलाई छ सलाई’ सार्वजनिक भएको छ । दुर्गेश र योगेशले संयुक्तमा गीतको शब्द कोरेका हुन् ।
संगीत दुर्गेशको रहेको छ भने गीतको एरेन्ज योगेशले गरेका छन् । मिक्सिङ मास्टरिङ् चन्द्र चौधरीले गरेका छन् । शिव बिकको निर्देशन र कोरीयोग्राफी रहेको गीतको भिडियोमा आर्यन सिग्देल , दुर्गेश थापा , योगेश काजी, शिव बिक ,महादेव त्रिपाठी र बिशो केसी फिचर्ड छन् ।
अर्जुन तिवारीको छायाङ्कन रहेको भिडियोलाई मिलन बिशोकर्माले सम्पादन गरेका हुन् । भिडियोलाई डी(सिरिजको आधिकारिक युट्युब च्यानल बाट रिलिज गरिएको छ ।