Sansar News- Online for Global Nepali

नारीले नारीलाई सम्मान र साथ दिएमा मात्र महिला हिंसा अन्त्य हुन्छ

चन्दा भुसा, पर्वत, हाल–बुटवल
२ महिना पहिले
नारीले नारीलाई सम्मान र साथ दिएमा मात्र महिला हिंसा अन्त्य हुन्छ

दयाकी खानी, कोमलताकी खानी रानी, सृष्टिकर्ता, लक्ष्मी, सरस्वती देवीको अर्को रुप सहनसीलताकी प्रतिमूर्ती र परि आएमा कालीको रुप लिएर अन्यायको विरुद्धमा लड्ने , सायद यही हो नारीको विशेषता । नारी अनेक नामले परिचित छिन आमा, छोरी, सासु, बुहारी नन्द, भाउजु, यीनै नामले समय अनुसार एकपछि अर्को परिचय दिदै नाम अनुसारको भूमिका निर्वाह गर्छिन उनी ।

आज १११ औं अन्तराष्ट्रिय नारी दिवस ! संसारमा नारीको महत्व अनि नारी बिना संसार अन्धकार छ भनी जान्दाजान्दै पनि नारीलाई अनेक प्रकारले दमन र अत्याचार गरिन्थ्यो र त्यसका अवशेष अझै पनि बाँकी छन् । नारी थिचिन्थिन, मिचिन्थीन, पिसीन्थिन, तर शिक्षाको अभावको कारणले उनी कहिले आवाज उठाउन सक्दैनथिन । तर, अब समय परिवर्तन हुँदै गएको छ । जब शिक्षा र बुझाईको विकास हुँदै गयो । महिला कानुन बन्यो । तब नारीहरुलाई हक र अधिकार दिलाउनको लागि मनाईने यस दिवस प्रति गर्व लाग्छ ।

नारीको लागि यो जस्तो ठूलो पर्व अरु कुनै हुन सक्दैन । यदि महिला कानुन नभईदिएको भए आजको समयमा हामी पनि पूर्वज नारी जस्तै नारकीय जीवन जीउनु बाध्य हुनुपथ्र्यो । त्यसैले नारीको आवाज सुन्ने दिन नारीलाई हक र न्याय दिलाएको दिन नारीलाई स्वतन्त्रता दिएको दिन यो दिवसप्रति सलाम छ । तर, नारी पनि गरिने व्यवहारमा केही परिवर्तन भएपनि पुर्ण रुपमा अझै पनि नारीमाथिको सम्मान हुन सकेको छैन । अहिले पनि नारीलाई सुन्दर खेलौना तथा वस्तुको रुपमा हेर्ने नजरहरु परिवर्तन हुन सकेका छैनन् । त्यसको लागि अझै केही दशक नारीले संघर्ष गर्न जरुरी छ । आफ्नो हक, अधिकार लिन जुट्नका लागि नारी संघर्ष जारी राख्नु आवस्यक छ ।

तर दिवस प्रति गर्वको कुरा गर्दागर्दै अधिकार पाईसकेपछि बल्ल बल्ल प्राप्त गरेको हक र अधिकार अनि स्वतन्त्रताको दुरुपयोग गर्ने नारीको पनि कुरा जोड्न मन लाग्छ । हो म पनि नारी हुँ, आज नारी भएरै नारीको चरित्रको कुरा गर्न बाध्य छु । नारीले हक त पाए तर प्राप्त गरेको त्यो अमूल्य उपहार सम्हालेर राख्न नसक्दा आज नारी शब्दको मूल्य नै घट्ने सम्भावना पनि देखिएको छ । पुरुष अनि अन्धो समाजबाट पाएको दमनबाट छुटकारा त नारीले पाए तर आज नारीले नै नारीको दमन गरेको घटना हाम्रो समाजमा यत्रतत्र रहेका छन् ।

अर्की नारीको खुट्टा तानेको देखियो । नारी र पुरुषलाई तुलना गरी हेरौं, अनि माथिल्लो पदमा पुगेका पुरुष र नारीमा व्यवहारमा धेरै अन्तर भेटिन्छ । त्यहाँ नारी पेशाको घमण्डमा उदण्ड देखिन्छन र सहयोगमा भिन्नता देखिन्छ । यसैगरी हरेक क्षेत्रमा नारी अगाडी देखिदा स्वभावमा उदण्ड हुन्छिन किन ? यदि यस्तै हो भने नारी दिवस मनाउन उत्सुकता जाग्दैन है, अनि यसको औचित्य पनि रहदैन ।

नारी पनि त्यहि संस्कार र समाजमा हेर्किएकी हुन् । त्यसैले पनि उनी त्यो संस्कार भन्दा पर गएर बिद्रोह गर्न नसकेको परिस्थिति अझै पनि छ । त्यही संस्कारका कारण समाजमा हुने घटनामा नारीको पनि सहभागिता रहेको पाइन्छ । कतिपय अवस्थामा आफ्नो संस्कार, संस्कृति भुलेर देखासीकी र बढि स्वतन्त्र हुने रहरले पनि नारीमाथि यस्ता घटना घटिरहेका छन् । कहिले सासु बनेर, कहिले बुहारी बनेर, कहिले नन्द बनेर त कहिले त कहिले भाउजु बनेर नारीले नारी माथि दमन गरिरहेको उदाहरण तथा घटना हाम्रो समाजमा छन् ।

पछिल्लो अवस्थामा नारी जति शक्षित बन्छिन् उति नै स्वार्थी बनेको पाइन्छ । के स्वतन्त्रता बढि भएर हो या सकारात्मक सोचाइ राख्न मिल्ने सहि शिक्षाको अभाव भएर हो कि यस्ता प्रश्न पनि समाजमा उठाउन जरुरी छ । सहयोग गर्ने कुरामा पनि नारीले नारीलाई कमै देख्छिन् । तर शिक्षीत र सकारात्मक पुरुष वर्गले नारीलाई इज्जत र मदत नारीको तुलनामा बढि नै गरेको देखिन्छ ।

नारी पुरुषबाट अन्यायमा परिन्, नारी पिडामा अल्झिन भन्दा भन्दै नारीले नै नारीलाई दमन अत्याचार, हिंसा गरेको देखियो । एक नारीले अर्की नारीको खुट्टा तानेको देखियो । नारी र पुरुषलाई तुलना गरी हेरौं, अनि माथिल्लो पदमा पुगेका पुरुष र नारीमा व्यवहारमा धेरै अन्तर भेटिन्छ । त्यहाँ नारी पेशाको घमण्डमा उदण्ड देखिन्छन र सहयोगमा भिन्नता देखिन्छ । यसैगरी हरेक क्षेत्रमा नारी अगाडी देखिदा स्वभावमा उदण्ड हुन्छिन किन ? यदि यस्तै हो भने नारी दिवस मनाउन उत्सुकता जाग्दैन है, अनि यसको औचित्य पनि रहदैन ।

नारी तिमी गुणै गुण र विशेषताकी धनी छौ । पिँजडा र जेलबाट मुक्त पाएकी खुल्ला आकाश हौ खुला आकास दया, माया अनि भावनाले भरिनुपर्छ । तिमीमा नारी संवेदना छ नि, तिमी जस्तै नारी जो अनेक नातामा उभिएका छन् ती नै नारीलाई ईज्जत गर  सम्मान गर, सम्मान देउ जहिले तिमी नारी भएर नारीको मन बुझ्छौ, अनि हिंसा रोकी अंगाल्छौ र हरेक नारीको पिडामा मल्हम बनेर उनलाई ईज्जत र सम्मान दिन्छौ हो त्यहि दिन नारीमाथिको विभेद अन्त्य हुन्छ त्यो हामीले आफैबाट सुरु गर्नुपर्दछ । संस्कार, संस्कृतिलाई एकसाथ अंगालेर हक र अधिकारलाई सहि सदुपयोग गर्दै नारी भएर नारीलाई अघि बढ्ने प्रेरणा देउ र नारी विशेषता अझै टल्किनेछ, नारी शब्दको मूल्य बढ्नेछ ।
जय नारी

 

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…