Sansar News- Online for Global Nepali

संसदमा जाने तर बैठकमा नबस्ने, प्रधानमन्त्रीले किन गरिरहेछन् बैठक बहिष्कार ?

समर शर्मा
१ महिना पहिले
संसदमा जाने तर बैठकमा नबस्ने, प्रधानमन्त्रीले किन गरिरहेछन् बैठक बहिष्कार ?

फागुन २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर संसद बैठक बहिष्कार गर्न थालेका छन् । रोचक त के छ भने संसदको बैठक हलमा पुग्ने उनी बैठक सुरु नहुँदै त्यहाँबाट बाहिरिने गरेका छन् ।

बुधबार पनि उनी बैठक सुरु नहुँदै संसदबाट बाहिरिएका थिए । भित्र संसद बैठकको कार्यसूचीबारे सभामुखसहित दलका नेता र कानून मन्त्रीबीच छलफल चलिरहँदा उनी बैठक स्थलबाट बाहिरिएका थिए ।

यसअघि गत फागुन २३ गते बसेको (संसद पुनः स्थापनापछिको पहिलो बैठक)को दिन पनि उनले बहिस्कार गरेका थिए ।

किन बैठक बहिष्कार ?

बुधबारको बैठक सुरु नहुँदै निस्किएका ओलीले पत्रकारको जिज्ञासामा ‘यति भए त भैगौ नि !’ भन्दै हात हल्लाएका थिए । उनको हात हल्लाईको अर्थ बैठक महत्वपूर्णं नभएको भन्ने संकेत थियो ।

हुनत आजको बैठकले शोक प्रस्ताव पारित गर्ने बाहेक थप विषयमा छलफल तथा निर्णय गरेको छैन् । तथापी ओलीले गरेको निरन्तर बहिस्कारबाट भने प्रश्न उठेको छ ।

यसअघि फागुन २३ को बैठक स्थगतप्रति आपत्ती जनाएका उनले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति पनि आफुँ निकटस्थसँग तिव्र असन्तुष्टी पोखेको विषय बाहिरिएको थियो । कार्यसूची तय गर्ने विषयमा सापकोटाले सामान्य सल्लाह गर्न छाडेको भन्दै उनले निकटस्थसँग आक्रोश पोखेका थिए ।

फागुन २३ को बैठकमा सरकारले जारी गरेका विभिन्न अध्यादेशहरु पेश गर्ने कार्यसूची थियो । तर, प्रतिपक्षको अवरोध र सत्ता पक्षकै सांसदहरुको बहिष्कार पछि उक्त कार्यसूची पेश हुन सकेको थिएन ।

बुधबारको संसद बैठक अगाडि संसद भवनबाट बाहिरिदैँ प्रधानमन्त्री ओली ।

बुधबारको संसद बैठक अगाडि संसद भवनबाट बाहिरिदैँ प्रधानमन्त्री ओली ।

ओली र सापकोटाबीचको टकराव बैठकमा

उसो त अध्यादेश प्रकरणसँगै प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच खुल्ला खालको सम्बन्ध छैन् । माओवादी केन्द्रको तर्फबाट सभामुख बनेका सापकोटाले प्रधानमन्त्री ओलीले चालेको पछिल्ला कदमप्रति असहयोग गर्दै आएका छन् ।

मुख्यतः सभामुख सापकोटासँगको टकरावपश्चात नै प्रधानमन्त्रीले गत पुस २९ मा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए । अध्यादेशमा उनले आफुँ अनुकुल बैठक र निर्णय गराउन सक्ने व्यवस्था गरेका छन् ।

अध्यादेश प्रकरणसँगै ओलीले सामान्य छलफल पनि नगरी पुस ५ मा प्रतिनिधि सभाको विघटन गरिदिएका थिए । जसपश्चात ओलीले बोलाएका बैठक तथा कार्यक्रमहरुलाई सभामुखले बहिष्कार गर्दै आएका छन् ।

कतिपय विश्लेषक संसद बैठकमा देखिएको घटना ओली र सापकोटाबीचको व्यक्तिगत टकराब भएको पनि बताउने गरेका छन् । जसमा ओलीले आफुँ अनुकुलका कार्यसूची बनाउन नसक्नु पनि बहिष्कारको कारण भएको धेरैको बुझाई छ ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…