back

किन अन्यौलमा छ माओवादी केन्द्र ?

वि.सं.२०७७ फागुन २७ बिहीवार

129 

shares
NTC AD
Global IME AD

फागुन २७, काठमाडौं । सर्वोच्च अदालतको फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मात्रै ब्यूँतिएन प्रचण्ड–माधव समूह पनि विघटित हुनपुग्यो । एमाले ब्यूँताउने फैसलासँगै माधवकुमार नेपाल पक्ष तत्कालै एमालेमै प्रवेश गर्ने निर्णयमा पुगेको थियो ।

माधव पक्षको उक्त निर्णयसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रमा राजनीतिक अन्यौंलता देखिएको छ । सरकारमा गएका माओवादी केन्द्रका मन्त्री फर्किने निर्णय नगर्नु र माधव पक्षले एमाले सरकारलाई नै अगाडि बढाउने निर्णय गर्नुले माओवादी केन्द्र अन्यौंलमा परेको हो ।

माओवादी केन्द्रले पछिल्लो समय सत्ता समिकरणका लागि गरेको प्रर्यत्न पनि असफल जस्तो देखिएको छ । केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग पटक–पटक छलफल गरेको भएपनि दुवै पार्टीले विश्वास मान्न सकिरहेका छैनन् ।

कांग्रेस र जसपाले मानिरहेका छैनन् विश्वास

प्रतिनिधि सभा विघटनको कदम लगत्तै प्रचण्ड र माधव नेपालले कांग्रेससँग सडक संघर्षसँगै सत्ता सहकार्यको प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमाथि प्रचण्ड–नेपाल र शेरबहादुर देउवाबीच पटक–पटक छलफल पनि भएको थियो । जहाँ देउवाले सर्वोच्चको फैसलालाई देखाउँदै निर्णय लिन आलटाल गरिरहेका थिए ।

तर, सर्वोच्चको फैसला आएको तीन हप्ता पुग्नै लाग्दा पनि आगामी राजनीतिक भूमिकाबारे देउवा अनिर्णित छन् । जहाँ माओवादी केन्द्रका तर्फबाट प्रचण्डले गरेको अगुवाईलाई समेत देउवाले विश्वास मानिरहेका छैनन् । प्रचण्डले प्रधानमन्त्री बन्न गरेको प्रस्तावमा पनि देउवाले विश्वास मानिरहेका छैनन् । साथै प्रचण्डले जनता समाजवादी पार्टीसँग गरेको छलफल पनि निष्कर्ष बिहिन बनिरहेको छ ।

राजनीतिक जानकारअनुसार पछिल्लो अन्यौंलता माओवादी केन्द्रको आगामी राजनीतिक अवस्था यकिन गर्न सकिने खालको नहुनु नै हो । कतिपयले माओवादी केन्द्रमा आउन सक्ने विभाजनको सम्भावनाले पनि सत्ता सहकार्यको विषय अन्यौंलपूर्णं बनिरहेको बताएका छन् ।

सर्वोच्च अदालतको फैसलासँगै साबिक पार्टीहरु ब्यूँतिएको अवस्थामा पनि सरकार विरोधी देखिएको माओवादी केन्द्रले आफ्ना तर्फबाट गएका मन्त्रीहरु फिर्ता बोर्लाएको छैन् । जसबारे माओवादी केन्द्रले हालसम्म कुनै निर्णय पनि लिएको छैन् । जसप्रति धेरैको प्रश्न छ ।

मन्त्रि फिर्ता बोलाउन पनि सकस

हाल ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्री ७ जना छन् । जसमध्ये केहि संसद विघटनपूर्व नै मन्त्री बनेका थिए भने केहि विघटनपश्चात थपिएका थिए ।

ओली नेतृत्वको सरकारमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्रीको रुपमा छन् भने र लेखराज भट्ट उद्योगमन्त्रीको रुपमा छन् । उनीहरु दुवै जना संसद विघटनपूर्व नै मन्त्री बनेका थिए ।

संसद विघटनपश्चात टोबहादुर रायमाझी, प्रभु शाह, मणि थापा, दावा तामाङ र गौरीशंकर चौधरी ओली नेतृत्वको मन्त्रीमण्डलमा सहभागी भएका थिए । जसमध्ये मणि थापा र दावा तामाङबाहेक सबै मन्त्री सांसद हुन् ।

मन्त्री भएकालाई पार्टीले इच्छाअनुसार बोलाउन सक्छ । साथै पार्टी परित्याग गर्नेको सांसद पनि खारेज हुने व्यवस्था छ ।

तर, यस्तोमा सरकार विरोधी भएको माओवादीले केन्द्रले मन्त्री बोलाउने विषयमा निर्णय गर्न सकिरहेको छैन् । जसले माओवादी केन्द्र थप अन्यौंलमा रहेको बुझिन्छ ।

वि.सं.२०७७ फागुन २७ बिहीवार १५:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD