Sansar News- Online for Global Nepali

एमाले छिरेका पूर्वमाओवादी मन्त्री यता न उताका बन्दै !

समर शर्मा
१ महिना पहिले
एमाले छिरेका पूर्वमाओवादी मन्त्री यता न उताका बन्दै !

फागुन २८, काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) विधिवत रुपमै पूर्ववत अवस्थामा फर्किएका थिए । पार्टीहरु पूर्ववत अवस्थामा फर्किएसँगै माधवकुमार नेपाल पक्ष पनि एमालेमा नै फर्किने निर्णयमा पुगेको थियो । अदालतको फैसला आएको भोलीपल्ट अर्थात् फागुन २४ मा बसेको माधव पक्षको बैठकले एमालेभित्रै गएर संघर्ष गर्ने निर्णय गरेको थियो ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभाजन आउँदा प्रधानमन्त्री केपी शर्मा ओली एकातर्फ र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अर्कोतर्फ स्पष्ट रुपमा देखिएका थिए । माधव पक्षले सार्वजनिक रुपमै ओलीसँग कहिल्यै एकता नहुने उद्घोष पनि गरेको थियो । तर, सर्वोच्चको फागुन २३ को फैसलासँगै भने माधव पक्ष राजनीतिक रुपमा १८० डिग्रीमा परिवर्तन हुन पुगेको थियो ।

माधव पक्षको फर्काइले धेरै प्रश्न उब्जाईरहेका बेला प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा रहेका कतिपय पूर्वमाओवादी मन्त्रीको बारेमा पनि प्रश्नहरु उब्जिएका छन् । के पूर्वमाओवादीका मन्त्रिहरु पूर्ववत अवस्थामै फर्किएलान् ? के उनीहरु प्रचण्डलाई नेतृत्वको रुपमा पुनः स्वीकार गर्लान् ?

ती प्रश्नहरुको जवाफ केहि पूर्वमाओवादी मन्त्रिहरुले दिईसकेका छन् । मन्त्री मणि थापा, टोपबहादुर रायमाझी र लेखराज भट्टले सार्वजनिक रुपमै पूर्वमाओवादीमा नफर्किने बताएका छन् । उनीहरुले आफुँहरु विचारले नै प्रभावित भएर एमाले भएको पनि बताएका छन् ।
तर, एमालमा प्रवेश गरे पनि उनीहरुको राजनीतिक भूमिका के हुने प्रश्नहरु कायमै छ ।

सम्मानजनक भूमिका दिइने चर्चा

एमालेमा नै रहने निष्कर्षमा पुगेका पूर्वमाओवादी मन्त्रीहरुको आगामी राजनीतिक भूमिकाका विषयमा भने प्रश्नहरु देखिएका छन् । सांसद पदसमेत गुमाउँदै एमाले नछाड्ने उनीहरुको राजनीतिक भविष्य कस्तो रहने टुंगो छैन् ।

चर्चामा सम्मानजनक भूमिका दिईने कुरा पनि छ । एमालेका ओली पक्षीय नेताहरुले सार्वजनिक रुपमै पूर्वमाओवादी मन्त्रीहरुलाई भूमिका दिइने विषयमा समस्या नरहेको पनि बताईरहेका छन् ।

अहिले चर्चामा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’लाई एमालेमा तेस्रो वरियतासहित उपाध्यक्ष पद दिईने कुरा पनि छ । साथै अन्य मन्त्रीहरुलाई पूर्व पार्टीभित्र रहेको साबिक भूमिका दिईने उल्लेख छ ।

तर, सार्वजनिक रुपमा पूर्वमाओवादी पक्षलाई सम्मानजनक भूमिका दिईने चर्चा चलाइएको भएपनि उक्त कुरा नीतिगत रुपमा व्यवस्था गर्ने सबालमा भने जटिलता देखिन्छ । पूर्वमाओवादीका मन्त्रिहरुलाई भूमिका दिँदा एमालेको हालको विधान नै संशोधन गर्नुपर्ने पनि हुन्छ । साथै विधान संशोधन गर्न हाल कायम केन्द्रीय सदस्यको दुई तिहाई बहुमत चाहिने हुन्छ ।

तर, माधव पक्षले सहयोग नगर्ने

ओली पक्षले पूर्वमाओवादीका मन्त्रीहरुलाई सम्मानजनक भूमिका दिने बताईरहेका बेला नेकपाको केन्द्रीय समितिमा झण्डै ५० प्रतिशतको हैसियतमा रहेको माधव नेपाल पक्षले भने असहयोग गर्ने घोषणा गरेको छ । सर्वोच्चको फैसलासँगै एमालेमा नै रहने निर्णयमा पुगेको माधव पक्षले नेकपा विभाजनसँगै ओली पक्षमा आएका पूर्वमाओवादीका नेतालाई पदाधिकारीको भूमिकामा ल्याउन नदिने बताएको हो ।

माधव पक्षले विधान संशोधनमा सहयोग नगर्ने बरु प्रतिबाद गर्ने बताएको छ । बुधबार बानेश्वरस्थित अर्याल होटलमा बसेको माधव पक्षको बैठकले एमालेभित्र ओलीका निर्णयमा एक पछि अर्को अवरोध गर्ने निर्णय गरेको थियो ।

एमालेको इतिहासमा महाधिवेशन बाहेक अन्य समयमा विधान संशोधन भएको अवस्था छैन् । साथै अन्य पार्टीबाट प्रवेश गर्नेलाई सिधै पदाधिकारीमा नियुक्ती गरिएको अवस्था पनि छैन् ।

यता न उताको अवस्थामा पूर्वमाओवादी पंक्ति

माधव पक्षको अवरोधसँगै पदसहित आएका पूर्वमाओवादी मन्त्रीहरुलाई एमालेभित्र भूमिका पाउने कुरामा समस्या देखिएको छ । यस्तोमा पार्टी परित्याग गर्ने पूर्वमाओवादी मन्त्रीहरुको सांसद पद पनि गुम्ने र एमालेभित्र पनि भूमिका बिहिन हुने सम्भावना छ । जुन राजनीतिक रुपमा पूर्वमाओवादी मन्त्रिहरुका लागि निकै हानिकारक निर्णय हुनसक्ने देखिन्छ ।

पूर्वमाओवादी पक्षमा नफर्किने निर्णयमा पुगेका उनीहरु यस्तोमा यता न उताको हुने सम्भावना छ । तत्कालिन नेकपामा विभाजन आउँदै गर्दा मन्त्री पदलाई उपहार स्वरुप ग्रहण गर्दै रामबहादुर थापा बादलसहित लेखराज भट्ट, टोबहादुर रायमाझी, प्रभु शाह, मणि थापा, दावा तामाङ र गौरीशंकर चौधरी ओली पक्षमा लागेका थिए ।

सर्बाधिक पढिएको

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…

यस्तो छ काठमाडौंलाई सुन्दर र हराभरा बनाउने महाविर पुनको योजना

यस्तो छ काठमाडौंलाई सुन्दर र हराभरा बनाउने महाविर पुनको योजना ४ हप्ता पहिले | संसार न्यूज़

काठमाडौंमा उपत्यकामा बाक्लिएको वस्ति, अस्तव्यस्त जीवनशैली तथा वतावारणमा परेको असरले…