back

लघुकथा: ढाट व्यापारी

वि.सं.२०७७ चैत १४ शनिवार

132 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

कपुरधाराको तरकारी बजारमा एकजना व्यापारीले खर्पनमा बन्दा बेच्न राखेको थियो । बन्दा बेच्ने व्यापारीले मलाई देख्ने बित्तिकै दुईटा बन्दा झिकेर एउटा प्लाष्टिकको थैलीमा राखेर ‘बन्दा लैजाने होइन ?’ भन्यो । ‘कति रुपैँया लिनुहुन्छ नि यी दुईटा बन्दाको ?’ मैले भने । ‘अरुलाई भए एकसय तिस रुपैँया तपाई सधैँ मकहाँ किन्न आइरहनेलाई एक सय दश रुपैँया मात्रै’ व्यापारीले भने । ‘यी दुईटा बन्दा कति केजीको छ नि ?’ मैले सोधे । ‘तीन केजी घटीको छैन’ व्यापारीले भने । व्यापारीले तीन केजी घटीको छैन भनेपछि मैले दुईटा बन्दाको एक सय दश रुपैँया व्यापारीलाई दिएर घरतर्फ लागे । घरतर्फ लाग्दै गर्दा एउटा फलफूल बेच्ने पसलमा दुईटा बन्दा कति केजीको रहेछ भन्दै जोख्न पुगे । दुईटा बन्दा जम्मा दुई केजीको मात्र रहेछ । बन्दा बेच्ने व्यापारीले मलाई तीन केजी भन्दा घटीको छैन भनेर ढाट्यो मैले मनमनै भने ।

अर्को दिन त्यो व्यापारीले काउली र गाजर बेच्न बसेको थियो । मलाई देख्नेबित्तिकै ‘आज काउली लैजाने होइन ?’ भन्यो । ‘तपाईसँग मैले अस्तीको दिन दुईटा बन्दा किनेर लैजादा तपाईले यी दुईटा बन्दा तिन केजी घटीको छैन भनेर ढाट्नु भयो नि तपाईसँंग लगेको बन्दा जम्मा दुई केजी असी ग्रामको मात्र रहेछ नि अब देखि तरकारी किन्न मलाई मनै लागेन तपाईले मलाई जस्तै अरुलाई नि त्यसरी ढाटेर तरकारी बेच्ने गर्नु भयो भने तपाईसंग कसैले पनि तरकारी किन्दैनन् नि’ मैले भने । मान्छेले भनेको सुनेको थिएँ मैले लोभले लाभ लाभले विलाप हुन्छ भनेर । तर आज मैले बिस रुपैँयाको लोभले गर्दा उल्टो तीस रुपैँयाको नोक्शान व्यहोर्नु प¥यो ।

 

वि.सं.२०७७ चैत १४ शनिवार ०६:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...