back

तपाईको आज आइतबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ विशेष लाभ ?

वि.सं.२०७७ चैत १५ आइतवार

105 

shares
NTC AD
Global IME AD

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकारका लागि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौती देखिनेछन् । काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ । तापनि मिहिनेतले नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ । प्रयत्न गर्दा भौतिक सुविधाका वस्तुहरू जुटाउन सफलता मिल्नेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ । बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक् छ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ । दिगो काम प्रारम्भ गर्ने समय छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अनावश्यक हल्लाको पछि लाग्दा दुःख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिन सक्छन् । शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सिद्धान्तमा मतभेद देखिनाले कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । साथीभाइसँग असमझदारी बढ्ने देखिन्छ । काममा अरूको भर नपर्नुहोला । प्रयत्न गर्दा पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले आंशिक काम बन्नेछ । रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ । फाइदाका पछि लाग्दा अप्ठ्यारा चुनौती आउन सक्छन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक जगतले तारिफ गर्नेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । केही फाइदा लिन अर्काे वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट तथा कर्जामार्फत धन जुट्नेछ । आफ्नाबाट भने टाढिनुपर्ला । खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ । उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ । समय लागे पनि विगतका कर्मको उचित फल प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ । चल–अचल धनको उपयोगबाट आंशिक फाइदा उठाउन सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ । मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । कीर्तिमानी काम गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामाजिक उत्तरदायित्व वहन गर्दै विशेष जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। व्यवसाय विस्तार गर्ने समय छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ने समय छ । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेत समेटेर काम लिनुपर्ने समय छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । चिताएको काम बिग्रनाले निराशा छाउनेछ । गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ । फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्न सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रमाइलो परिस्थितिका बीच प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । घुमफिर तथा मनोरञ्जनको समय छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । काममा साथीभाइबाट सहयोग मिल्नेछ ।

२०७७ चैत्र १५ गते, आइतवार, (२८ मार्च २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (शनिबार) को राशिफल भन्छ–आज यी ६ राशिकालाई हुनेछ विशेष लाभ !

वि.सं.२०७७ चैत १५ आइतवार ०७:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD