१७ चैत, कपिलवस्तु । शुद्धोधन गाउँपालिका–३ मेहतिनियास्थित बाबा इँटाभट्टामा काम गर्ने भारत जिल्ला नौबादा बस्ने ६० वर्षीय गंगा मल्लाहको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रन्जित मल्लाहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुबीच एक आपसमा झगडा एवं कुटपिट हुँदा टाउकोमा चोट लागि गम्भीर घाइते भएका गंगाको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरी चौकी लवनीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रन्जितलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।