back

देशलाई फेरि चरम फासिबादी निरंकुशतातिर लैजाने षडयन्त्र भइरहेको छ–अध्यक्ष प्रचण्ड

वि.सं.२०७७ चैत २० शुक्रवार

144 

shares
NTC AD
Global IME AD

२० चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताको उपलब्धिलाई उल्ट्याएर देशलाई निरंकुशतातिर धकेल्ने षडयन्त्र भइरहेको बताएका छन् ।

शुक्रबार प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धान्जलिसभा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको पहिचान र अधिकारको लडाईलाई उल्ट्याउने र फेरि प्रतिगमनतिर लैजाने षडयन्त्र भएको बताएका हुन् ।

राज्य आफैले समाजलाई पछाडि धकेल्न खोजेको र प्रतिगमनतिर लैजान खोजेको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले जनताले झण्डै सातदशक भन्दा बढी समयदेखि लडेर ल्याएको उपलब्धिहरु उल्ट्याउन खोजिएको पनि बताए ।

‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि निर्मम प्रहार गर्ने षडयन्त्र भइरहेको छ । लोकतन्त्रका मूल्य मान्यता या आन्दोलनका उपलब्धिले स्थापीत गरेका मुद्दाहरु तथा सहीदहरुले वगाएको रगत मूल्यको अपमान गरेर फेरि समाजलाई फेरि चरम फासिबादी निरंकुतातिर लैजाने खतरा छ ।

अध्यक्ष प्रचण्डले यस्तो षडयन्त्रकाविरुद्ध एक भएर अगाडि बढ्न समेत सबैलाई आव्हान गरेका छन् । उनले जरुरी पर्यो भने आन्दोलनमा फेरि एकपटक त्यो तागत प्रदर्शन गर्नका लागि संकल्प गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले प्राध्यापक माणिकलाल श्रेष्ठको जीवन भौतिक बैभव भन्दा आत्मिक चेतनाद्धारा समाजलाई सु–सस्कृति, सभ्य र अनुशासित बनाउने उद्धेश्यद्धारा प्रेरित रहेको पनि बताएका थिए ।

वि.सं.२०७७ चैत २० शुक्रवार १५:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...