back

कविता: कुरुप फूलहरुको कथा

वि.सं.२०७७ चैत २१ शनिवार

138 

shares
NTC AD
Global IME AD

एउटा सुवास्नायुक्त
फूलले जुन दिन
आफुलाई
फूलहरुको राजा
उही हो भनि घोषणा गर्यो
हो, त्यसैदिनदेखि
शुरु भयो युद्ध
फूलहरु बीच
समानतीवादको हुरी चल्यो
फूलहरु कुरुप बने ।

फूलले घाम जिस्काउँथ्यौ
फूलले भँमरा पाल्थ्यौ
फूलले मन्दिरको दैलौ टेक्थ्यो
फूलले प्रेमिल चुम्बन गर्थ्यौ।

कुरुप मानिएका
ती फूलहरुले
जब एकमुट्ठी घाम माँगे
एकमुठ्ठि हावा माँगे
एकमुठ्ठि पानी माँगे
जरा गाडेर बाँच्नलाई
एकमुठ्ठि माटो माँगे
उनीहरुले अधिकार गुमाए ।

केही फूलहरुले
हैकमवादको पाठ सिखेपछि
निमुखा फूलहरुको बस्ती लुटे
रक्ताम्मै पारेर सब लुछे
अहिले
त्यो फूलहरुको बस्ती
ह्वास्स काँचो रगत गनाउँछ..!!

त्यो कुरुप फूलहरु
अहिले गोजीमा आगो बोकेर
आफ्नै अनुहार खोज्दै हिड्दैछ
खोसिएको अस्तित्व
खोसिएको प्रेमिल धुन
खोसिएको माटोको गन्ध
के फिर्ता होला…??

तर फूलहरुको द्वन्द बीच
अन्यायका सारा पखेँटामा लागोस् आगो
र न्यायको झण्डा फरफराइयोस् फेरि
कुरुप फूलहरु फेरि सुन्दर बनुन्
अनि सुन्दर फूलहरु पनि
सुन्दरै बनुन्
एफ !
फूलहरुले हिंसा नगरोस्
प्रार्थना गरौँ
फूलहरुले युद्धविरामको घोषणा गरोस् !

 

वि.सं.२०७७ चैत २१ शनिवार ०५:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...