back

कविता: मृत्युको फूल

वि.सं.२०७७ चैत २१ शनिवार

168 

shares
NTC AD
Global IME AD

कालो आकाशजस्तो विषालु फूल
एउटा क्रूर र निर्दयी मृत्युको फूल !

जीवनका सुन्दर बगैँचाहरूमा
फुलिरहेका अगणित फूलहरूमाझ
सुटुक्क घुस्दो रहेछ
र, फुल्दो रहेछ
त्यही फूल
जसमा देखिन्न जीवनको उच्छवास
प्रतिपल आफूभित्रै साँचेर त्रास
आँसुका बीच पनि हाँस्ने
कालो आकाशजस्तो विषालु फूल
एउटा क्रुर र निर्दयी मृत्युको फूल !

एउटा भयानक विस्फोटझैँ
भान्सामा पाक्दै गरेका स्वादिला परिकार
बगैँचामा फक्रँदै गरेका सुकोमल कोपिला
हावामा फैलँदै गरेको मन्दमन्द सुवास
र, अविराम गुन्जिरहने नदीको गीत
सब सब लाटो हुनेगरी एकनास
गुन्जिँदो रहेछ मृत्युसङ्गीत
त्यही फूल
कालो आकाशजस्तो विषालु फूल
एउटा क्रुर र निर्दयी मृत्युको फूल !

वेगहीन शान्त तलाउमा
अचानक तरङ्ग पैदा भएझैँ
अथवा सागरमा ज्वारभाटा चलेझैँ
जब मृत्युले बिथोलिन्छ जीवनको गति
तब झ्याप्प निभ्छ आशाको उज्यालो बत्ती
र धप्प बल्छ निर्दयी कालको अँध्यारो गति
त्यही फूल
कालो आकाशजस्तो विषालु फूल
एउटा क्रुर र निर्दयी मृत्युको फूल !

एउटा भयानक विस्फोटझैँ
भान्सामा पाक्दै गरेका स्वादिला परिकार
बगैँचामा फक्रँदै गरेका सुकोमल कोपिला
हावामा फैलँदै गरेको मन्दमन्द सुवास
र, अविराम गुन्जिरहने नदीको गीत
सब सब लाटो हुनेगरी एकनास
गुन्जिँदो रहेछ मृत्युसङ्गीत
त्यही फूल
कालो आकाशजस्तो विषालु फूल
एउटा क्रुर र निर्दयी मृत्युको फूल !

जब,
मृत्युका फूल फुल्नेछन् बगैँचामा
तब,
रोकिएझैँ लाग्छ समयमा गति
बास्नाहीन लाग्छ फूलमा सुगन्ध
ज्योतिहीन लाग्छ जून र आकाश
कान्तिहीन लाग्छ घाममा प्रकाश
रङ्गहीन बन्नेछन् नौरङ्गी सपना
अचानक बन्द हुनेछन् मृदु सङ्गीत
र, जताततै फुल्नेछन् निराशाका फूल
त्यही फूल
कालो आकाशजस्तो विषालु फूल
एउटा क्रु्र र निर्दयी मृत्युको फूल !

वि.सं.२०७७ चैत २१ शनिवार ०५:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...