कविले जब कोर्छ कुनै कविता,
झलमल्ल उदाँउछ रे सविता,
लयबद्घ हुँदा कविता कहिने,
मनमा मुटुमा मृदुता सजिने,
दिनरात बहन्छ यहाँ सरिता,
मनमोहक लाग्छ
सधैँ कविता,
कविता म पढूँ कविता म रचूँ,
मनमन्दिरमा कविता म जपूँ ।
अति मोह छ यो कविता कहने,
मनमा मुटुमा कविता बहने,
जब पढ्छु कुनै कविता मनले,
तब गाउन खोज्दछ यो तनले ।
कविता कविको हतियार न हो,
परिवर्तनको मृदु हार न हो,
कवि गर्जनमा तरबार हुने
कवि सौम्य हुँदा घरवार हुने ।
कहिले कवि बन्दछ अग्नि शिखा,
कहिले कवि रच्दछ मन्त्र ऋचा,
कवि हो बलवान खुँडा खुकुरी,
कवि हो गहना कवि नै ढुकुटी ।
पहरा छहरा अति रम्य बनोस् ,
घर मन्दिर यो कवितामय होस् ,
कवितासँग कोमल प्रीत भरूँ,
मधु वाचनले अब प्राण भरूँ,