back

तपाईको आज (आइतबार) को राशिफल भन्छ–आज यी सात राशिकालाई हुनेछ विशेष लाभ !

वि.सं.२०७७ चैत २२ आइतवार

120 

shares
NTC AD
Global IME AD

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा अवसर पाइनेछ । परोपकारी काममा सहभागी भइनेछ। मिहिनेत गर्दा राम्रै फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । शुभचिन्तकहरूले साथ दिनाले चुनौती समाप्त होला । काम देखाएर फाइदा उठाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ । टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । नयाँ अवसरले काममा उत्साह जगाउनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । रमाइलो यात्रा हुन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ । ईर्ष्या गर्नेहरूले आफ्ना कमजोरी देखाएर फाइदा उठाउने चेष्टा गर्नेछन् । तापनि स्रोतसाधन जुट्नाले दिन उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडमा समेत जित दिलाउन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । प्रतीक्षित नतिजा सबल रहनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुहोला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला । केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ । कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
विभिन्न अवसर प्राप्त हुनुका साथै सफलताको यश प्राप्त हुनेछ । नियमित कामले पनि उत्साह जगाउनेछ । सहयोगीहरूले प्रतिस्पर्धाको दौडमा जित दिलाउन सक्छन् । श्रम गर्नुपरे पनि मनग्गे धनलाभ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुनेछन् ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । तापनि बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । नीति–नियमलाई समयमै ध्यान दिनुहोला । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ । फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ । खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
ब्त्रगबचष्गकव्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ । सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन् । प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ । मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ । मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । तारिफयोग्य काम गर्दै कीर्तिमानी हातपार्ने समय छ ।

२०७७ चैत्र २२ गते, आइतवार, ४ अप्रिल २०२१

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज शनिबारको राशिफल, आज यी राशिकालाई हुनेछ विशेष लाभ !

वि.सं.२०७७ चैत २२ आइतवार ०७:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD