Sansar News- Nepal's Fast Khabar Online News Portal

म पनि लेवनान पुगेको चार महिनापछि मात्र बाहिर निस्केकी थिएँ

संसार न्यूज़
४ वर्ष पहिले
म पनि लेवनान पुगेको चार महिनापछि मात्र बाहिर निस्केकी थिएँ

anna2 सन् २००३ मा लेवनान पुगेकी झापाली चेली रोजामाया लिम्बू ‘डोमेस्टिक वर्कर युनियन लेवनान’को कार्यकारी सदस्य हुन् । गाउँकै एजेण्टमार्फत म्यानपावर कम्पनी हुँदै लेवनान पुगेकी लिम्बू फागुनको दोश्रो साता श्रम मन्त्रालय, युरोपियन युनियन र युके एडले संयुक्त रुपमा आयोजना गरेको “ल एण्ड पोलिसी डायलग अन डोमेस्टिक वर्कर” गोष्ठिमा डोमेस्टिक वर्कर युनियन लेबनानकोे प्रतिनिधित्व गर्दै १३ दिनका लागि नेपाल आएकी थिइन् । सरकारले लेवनानमा महिलालाई घरेलु कामदारका रुपमा जान रोक लगाएको भएपनि नेपाली महिलाहरू भारत, श्रीलंका, बंगलादेश र हङकङलाई माध्यम बनाएर लेबनान पुगिरहेको बताउने रोजासँग ऐक्यबद्धताको साक्षात्कार :
लेवनान कहिले र कसरी पुग्नु भयो ?
तपाईलाई थाहा नै छ, नेपाली महिला कामदारहरू गल्फमा किन जान्छन् भनेर । म पनि रोजगारीकै लागि गाउँको एजेन्ट हुँदै काठमाडौँको म्यानपावरबाट सन् २००३ मा लेवनान पुगेँ । एजेन्टले त भनेका थिए, कम्पनीको काम हो भनेर । तर, उता पुगेपछि थाहा भयो एक घरमा घरेलु कामदार बनेर काम गर्नुपर्ने रहेछ । अहिले १२ वर्षपछि अर्को स्पोन्सरकोमा काम गर्छु । पहिलेको घरमा मैले जसलाई केयर गर्थेँ, उसलाई अल्जाइमर भन्ने रोग लाग्यो, अनि त्यहाँ काम छोडिदिएँ ।
तपाई कसरी युनियनमा लाग्नु भयो ?
यो विभिन्न देशका घरेलु कामदारको हितमा खोलिएको युनियन हो । हामी १२ देशका कामदारहरू यसका सदस्य छाँै । यसमा लेवनानी नागरिक अध्यक्ष, श्रीलंकाली नागरिक उपाध्यक्ष र म नेपाल र नेपाली कामदारको तर्फबाट कार्यकारी सदस्यको रुपमा प्रतिनिधित्व गरिरहेकी छु । सन् २०१४ देखि यसमा मैले मेडिया संयोजकको भूमिका निभाएको छु । यसमा १२ देशका झण्डै ७ सय कामदारहरू सदस्य रहेका छन् ।
लेवनानमा नेपाली कामदारको संख्या कति छ ?
डोमेष्टिक वर्कर युनियन, आइएलओ लगायतका संस्थाको अनुमानमा लेवनानमा वैधानिक र अवैधानिक गरी झण्डै १३ हजार नेपाली कामदार रहेको अनुमान गरेको छ । तर, लेवनानका विभिन्न संघसंस्थासँग सहकार्य गरी नेपाली कामदारको हितमा काम गरिरहेको जिफन्टले भने जम्मा ७ हजार नेपाली कामदार रहेको तथ्याङ्क निकालेको छ ।
नेपाली महिला कामदारको समस्या कस्तो पाउनु भएको छ ?
खाडीका विभिन्न देशमा जस्तै लेवनानमा पनि धेरै समस्या छन् । समयमा तलब नपाउने ठूलो परिवारमा काम गर्नुपर्दछ र काम गर्ने समय यति भन्ने हँुदैन । म पनि लेवनान पुगेको चार महिनापछि मात्र बाहिर निस्केको थिएँ । पछिभने नेपालीहरूसँगको भेटघाट राम्रै हुँदै गयो । हामीले नेपाली महिलाहरूको हितका लागि लेवनानमा पहिलो महिला संस्था “नेपाली नारी समूह” गठन ग¥यौँ । सामूहिक रुपमा समस्याको समाधानको पहल पनि ग¥यौँ । लेवनानमा अहिले ‘काफा’ लगायतका विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरू कामदारको हितमा खुलेका छन् । त्यसैले पनि समस्या पर्दा सहयोग र साथ मिल्छ । सरकारले लेवनानमा नेपाली महिला घरेलु कामदारलाई प्रतिबन्ध लगाएको छ तर, भारत, श्रीलंका, बंगलादेश र हङकङलाई माध्यम बनाएर लेवनान पुगिरहेका छन् । यसले गर्दा उनीहरू समस्यामा पर्दा, अंगभंग हुँदा र मृत्युको केशमा शव नेपाल पठाउन समेत मुस्किल पर्छ । कतिको शब पठाउन १९ महिना सम्म लागेको छ । यस्ता कुराहरूमा सरकारले ध्यान दिन जरुरी हुन्छ । अवैधानिक रुपमा गएपनि आखिर उनीहरू नेपाली नागरिक नै हुन् । उनीहरू वेवारिसे बन्दा सम्पूर्ण नेपालीको मन दुख्छ । अर्को कुरा तपाईले थाहा पाउनुभयो होला, पछिल्लो पटक श्रीलंकाको अध्यागमनले शंका लागेर इण्डियन एयरलाइन्सको जिम्मा लगाएर नेपाल फर्काइएका ७ नेपाली दिदीबहिनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हराएका थिए । ती पनि त्यसरी नै श्रीलंकाको बाटो प्रयोग गरेर लेवनान पु¥याउन थालिएका थिए की ! तर बिडम्वना हाम्रो देशको प्रशासन कस्तो ? आफ्नै देशको एयरपोर्टबाटै हराउँदा पनि ती महिला कहाँ गायब भए भन्ने पत्तो लगाउन सकेको छैन् भने विदेशमा नेपालीले सरकारको अभिभावकत्व कस्तो पाएका होलान त्यो तपाईहरूले अनुमान गर्न सक्नुहुन्छ । लेवनानमा सक्रिय भएर खट्ने कन्सुलेट समेत सरकारले चयन गर्न सकेको छैन ।
लेवनानमा एनआरएनएको भूमिका कस्तो छ ?
हुनत, खाडी राष्ट्रमा एनआरएनएको खासै औचित्य भएको मैले पाएकी छैन । तैपनि नेपालीका समस्यामा एक भएर पहल गर्न एनआरएनए जस्तो संस्थाको ठूलो भूमिका हुन्छ । लेवनानको एनआरएनए हिजो जस्तो सक्रिय छैन् । धेरै दिदीबहिनीलाई समेट्न सकेको छैन । हामीले एनआरएनएमा बसेर नेपालीको हितको लागि काम गर्ने सोँचेर सदस्यता लिन खोज्यौँ, तर समय सकियो र तिमी अर्को संस्थामा रहेको भन्दै सदस्यता दिन इन्कार गरियो । मैले डोमेष्टिक वर्करमा कार्यकारी सदस्यको भूमिका पाउनु त एनआरएनए मात्रै नभएर नेपाल र नेपालीकै लागि पनि त खुसीको कुरा हो नी । किन अर्को संस्थामा रहेको भनेर सदस्य बन्न समेत दिइएन ? मैले त एनआरएनएको टेकुस्थित केन्द्रीय कार्यालयमा पनि गएर सोधेँ किन यस्तो गरियो भनेर ? उहाँहरूले होइन तपाईहरू सदस्य लिन पाउनुहुन्छ भन्नुभएको छ । हेरौँ के हुन्छ । हुनत हामीलाई नेपालीको हितमा काम गर्न एनआरएनए सदस्य नै हुनुपर्छ भन्ने छैन तर, संगठित संस्थामा रहेर नेपालीको हितमा काम गर्न अझ सहज हुन्छ भन्ने नै हो । १३ हजार नेपालीमा जम्मा १७ जनाको एनआरएनए टिम बनेको छ लेवनानमा ।
(प्रस्तुत अन्तवार्ता ऐक्यबद्धता मासिकको चैत्र अंक २०७२ मा पनि प्रकाशित भएको छ ।)

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण २ दिन पहिले | लोकमणि पौडेल

सत्यलाई दबाउने उद्देश्यले जब भ्रमको खेती गरिन्छ र हजारौं पटक…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…