२२ चैत्र, सुर्खेत । नेकपा (माओवादी केन्द्र )निकट प्राध्यापकहरुको संगठन नेपाल राष्ट्रिय प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिको चौंथो अधिवेशन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न अधिवेशनले सिंहराज गुरुङको अध्यक्षतामा कार्यसमिति बनाएको छ ।
जसको उपाध्यक्षमा केशव खड्का र आशिष बराल, सचिवमा कमलबहादुर सिंह, सहसचिवमा धिरेन्द्र यादव, कोषाध्यक्षमा कुलबहादुर बोहरा र सदस्यहरु गिरिजाप्रसाद तिमिल्सिना, चन्द्रप्रसाद आचार्य, मधु जैसी, कुशराज श्रेष्ठ, डिल्लीप्रसाद पौडेल, लोकप्रसाद ढुंगाना, जय बहादुर खड्कालगायत रहेका छन् ।