back

मेलम्चीमा बिदेशी सहयोगबिना थप पानी ल्याउने कसरी ?

वि.सं.२०७७ चैत २३ सोमवार

99 

shares
NTC AD
Global IME AD

खानेपानी मन्त्रालयको सचिव पदबाट पंक्तिकार सेवानिवृत्त हुने बेलासम्म ०७४ साल भदौसम्ममा देशभरिको ९३% घरमा चर्पी बनिसकेको थियो, देशभरिका ८७% जनताले आधारभूत खानेपानी सुविधा पाईसकेका थिए। मेलम्ची परियोजनाको टनेल ९५% पूरा भईसकेको थियो। सहरमा मेलम्चीको पानी वितरण पाईपलाईन विछ्याउने र पानीपोखरीहरू निर्माण गरी ९०% काम पूरा भईसकेको थियो। मेलम्ची-२ परियोजनाको १० किमी नयॉ टनेल बनाएर याङ्ग्री खोला र लार्के खोलाबाट ३४ करोड लिटर दैनिक थप पानी ल्याउने डिटेल डिजाईन र अध्ययन पूरा गरिसकिएको थियो।

देशभरिका घरमा चर्पी बनिसकेको घोषणा २०१९ मा भईसकेको थियो। मेलम्चीको अर्को चरणका लागि एडीबी लगानीका लागि तयार थियो। ४ वर्षपछि पनि अहिले भने एडीबीले त्यति चॉसो दिएको देखिदैन, बजेटको श्रोत नै खुट्याएको छैन। मेलम्चीमा बिदेशी सहयोगबिना थप पानी ल्याउने कसरी ?

देशभरि खानेपानी पहुँचमा बॉकी १३% जनतालाई पानी खुवाउन खानेपानी मन्त्रालयको सचिव रहदा मैले थप बजेट रू ३० अर्ब मात्र ३ वर्षका लागि नेपाल सरकारसंग मागेको थिएँ, केही पनि थपिदिएनन्। सबै प्रदेशमा एउटा एउटा मेलम्ची जस्तै बृहद खानेपानी आयोजना बनाउन बजेट मागेको थिए, त्यो पनि पाईएन। सरकारसंग पुँजी अभाव छ भने पानी, ढल निर्माण र फोहरपानी प्रशोधनका लागि बिदेशी लगानीकर्तालाई आह्वान गरौँ भनेर अनुरोध गरेको थिएँ त्यसमा पनि कुनै प्रगति भएन। मुलुकका अन्य ठूला सहरहरूमा पानी उत्पादन तथा वितरणलाई स्थानीय सरकार, केन्द्र सरकार र विदेशी वा स्वदेशी लगानीकर्तालाई BOT मोडेलमा आकर्षित गराएर खानेपानीको समस्या समाधान गरौँ भनेर योजना आयोग, अर्थ मन्त्रालयमा लिखित अनुरोध गरेको थिएँ। राष्ट्रपतिको सम्बोधन र बजेट भाषणमा सिफारिस गरेर पठाईएको थियो, त्यसमा पनि मतलब गरेनन्।

सरकारी कार्यालयहरूका बिजोग, फोहरी लथालिंगे शौचालय र फोहर कार्यकक्ष एवं आन्तरिक सरसफाईलाई विशेष प्राथमिकता दिदै सरसफाईमा निजी कम्पनीलाई समावेश गरेर लाखौंका लागि रोजगारीका साथै स्वच्छ कार्यालय वातावरण बनाउने नीति बनाएर यसलाई कार्यान्वयन गर्ने सशक्त नियम र निगरानी संयन्त्र बनाऔँ भनेर खुबै जोडबल गरेको थिएँ। विदेशमा बस्ने नेपालीहरू र नेपालका स्थानीय सरकारहरूबीच सहकार्यमा सरसफाई क्षेत्रमा नविन आधुनिक प्रविधि र कार्यशैली प्रवेश गराउन सरसफाई दूतहरू विश्वका विकसित मुलुकमा नियुक्त गरेर परिचालन गरौँ भनेर सरकारबाट निर्णय गराएको थिएँ, रद्दीको टोकरीमा पुगेछ।

ढलको तुलनामा ५ गुणा सस्तो र सजिलो प्रविधिमा गर्न सकिने दिसाजन्य लेदोको (Faecal Sludge Management)  ब्यवस्थापनलाई देशब्यापी प्रभावकारी बनाउन नयॉ मिशन तर्जुमा गरौँ र लागू गरौँ भनेको थिएँ। यसले पनि प्राण वायु पाएन।

संविधानमा मौलिक हक भनिएको खानेपानी र सरसफाईप्रति कुनै पनि सरकारले कहिल्यै महत्व दिएको छैन। जहॉ सजिलै फटाफट अर्बौँ पैसा खन्याउन, ठेक्का लगाउन र सजिलै बजेट खर्च गर्न सकिन्छ, आफन्तको हातमा पैसा पुर्याउन सकिन्छ, मनग्यै कमिशन सजिलै झर्छ, त्यस्ता खाले योजना र काममा मात्र सरकारको रूचि रहदै आएको छ। खानेपानी, ढल, फोहरमैला र सरसफाई क्षेत्रमा अहिलेको बजेटको तुलनामा लगातार ५ वर्ष ५ गुणा बढी बजेटको खॉचो छ। सजिलै पैसा फुक्ने ठाउँका लागि मात्र सरकारसंग जत्ति पनि बजेट हुन्छ तर अत्यावश्यक मौलिक हकको खानेपानी र सरसफाईका लागि बजेट कहिल्यै हुदैन र पुग्दैन। खानेपानी, सरसफाई र फोहरमैलाका लागि ३/३ वटा अलग अलग मन्त्रालयले काम गर्छ र तीबीच कुनै समन्वय हुदैन। खानेपानीप्रतिको राज्यको ब्यवहार, रवैया, सबै नेताहरू, सबै तहका सरकारहरू, अर्थ र योजना आयोगको उस्तै छ, कुनै नौलो सोच छैन।

वि.सं.२०७७ चैत २३ सोमवार ०९:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

१. विषय–प्रवेश नेपाल र अष्ट्रेलिया बहुआयामिक सम्बन्ध भएका दुई मित्र...

लघुवित्त अराजक गतिविधीको चेपुवामा   – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त अराजक गतिविधीको चेपुवामा – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त सामाजिक व्यवसाय भएता पनि व्यापारी बन्न पुग्यो र नाफा...

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

ढाड दुख्नेङ विमारीहरूका लागि राडीपाखी वरदान नै हो। हातले बुनेका...

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच...

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

विष्णु गुरुङ एकता,पोखरा हालैका वर्षहरूमा, समाजमा महिलाहरूले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण...