२३ चैत, काठमाडौ। नेकपा माओवादी केन्द्र संसदीय दलको नेतृत्व छाडेर एमाले नेतृत्वको सरकामा मन्त्रि बनेका टंक आङ्बुहाङको सांसद् पद खोसिको छ । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएको हो ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलेका अनुसार आजै मन्त्रि आङ्बुहाङलाई सांसदबाट हटाएको जानकारी प्रदेशसभालाई जानकारी गराउने तयारी रहेको बताए । ‘पार्टीले उहाँलाई पदमुक्त गरिसकेको छ, पदमुक्त गरेको पत्र तयारी अवस्थामा छ, आजै प्रदेशसभामा जानकारी गराउँछौं ।’
मन्त्रि आङ्बुहाङ वर्तमान प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् । प्रदेशसभा सदस्य आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर उनले स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो ।