२४ चैत, काठमाडौं। कर्णाली प्रदेश सरकारका तीन नेकमा एमालेका मन्त्रीहरुले संयुक्तरुपमा राजीनामा दिएका छन् । कर्णाली प्रदेशमा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीको नेतृत्वमा प्रदेश सरकार रहेको छ ।
माधवकुमार नेपाल पक्षका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले आज संयुक्त रुपमा राजीनामा दिएका हुन् । उनीहरुले पार्टी संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीहरुलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो ।
नेकपा एमालेले यसअघि चैत ४ गतेनै कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । पार्टीले निर्णय गरेपनि राजिनामा नदिएका माधव नेपाल समूहका तीन मन्त्रीहरुले मछिल्लो निर्देशनको पालना गर्दैै आज राजिनामा दिएका हुन ।