Sansar News- Online for Global Nepali

मानव वेचबिखनमा फरार प्रतिवादी १३ बर्षपछि पक्राउ

संसार न्यूज़
२ हप्ता पहिले
मानव वेचबिखनमा फरार प्रतिवादी १३ बर्षपछि पक्राउ

२६ चैत्र, बारा । मानव वेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी खुटुवा जब्दी गाविस–८ बस्ने ४५ वर्षीय वीरेन्द्र महतो धानुकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

२०६४ साउन २९ गते राती बारा प्रसौनी गाविस–७ स्थित रहेको किराना पसल बन्द गरी घरतर्फ जाँदै गरेका खुटुवा जब्दी गाविस–८ बस्ने बलिराम साहलाई धानुक समेतका १० जनाले हातहतियार देखाई अपहरण गरी २० लाख रुपैयाँ रकम माग गरी बन्धक बनाई राखेको अवस्थामा २०६४ भदौ ३० गते साह भाग्न सफल भएका थिए ।

उक्त घटनामा संलग्न रही फरार रहेका धानुकलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…