च्यातेको भाग्यलाई काँ सिलाउने होला
छरपस्ट यी रहरहरु काँ मिलाउने होला ।
जहरले समेत असर नगर्ने शरीरलाई
भन्देऊ अब कुन नशा पिलाउने होला ।
सबैलाई अधिकार चाहियो भनिराछन्
के कसो गरि सबैलाई दिलाउने होला ।
जिउँदै मरे सरिका नर पिचासहरूलाई
कुन उपाय अपनाई जिलाउने होला ।
नजिक हुँदा गर्थ्यौ तिमी पिरतीका कुरा
टाढा हुन थालेपछि त बिलाउने होला ।।
वि.सं.२०७७ चैत २८ शनिवार ०६:३१ मा प्रकाशित