back

नेपालमा कोरोनाको दोस्रो लहरः डा अनुप भन्छन–युवा तथा बालबालिका बढी जोखिममा

वि.सं.२०७७ चैत २८ शनिवार

189 

shares
NTC AD
Global IME AD

२८ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भइसकेको छ । विगत १० दिनयता कोरोना भाइरस संक्रमणबाट सिकिस्त भएका विरामीहरुको संख्या दिनहुँ बढ्दै गइरहेको र दोस्रो लहरको कोरोना संक्रमण ५० वर्ष मुनिकामा सक्रिय रुपमा देखिएको डा. अनुप बास्तोला बताउँछन् ।

डा. अनुपका अनुसार अघिल्लो तीन महिनाको तुलनामा संख्यात्मक हिसावले यो संख्या दोब्बर जत्तिकै रहेको छ भने यसको जोखिममा पहिलो लहरमा जस्तै जेष्ठ नागरिक र दीर्घरोगी नभएर युवा पुस्ता तथा बालबालिकासमेत रहेका छन् ।

डा अनुपले सानोभन्दा सानो पनि लापरबाही नगर्न र लक्षण देखिनासाथ परीक्षण गराउन सुझाव दिँदै भनेका छन् ।

‘नेपालमा पनि कोरोनाको दोश्रो अध्याय शुरु भइसकेको छ । बिगत १० दिन यता सिकिस्त संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ । सिकिस्त संक्रमितमध्ये पनि यो महिना ५० वर्ष मुनिका बिरामी ५०% कै हाराहारीमा छन् । जुन अघिल्लो ३ महिनाको तुलनामा संख्यात्मक हिसाबले दोब्बर जत्तिकै हो ।

अहिले पत्ता लागेका संक्रमितमध्ये सिकिस्त संक्रमितको संख्या धेरै छ । यसको अर्थ, समुदायमा पत्ता लागेका भन्दा धेरै व्यक्ति संक्रमित भइरहेका छन् भन्ने हुन्छ । यी संकेतहरुले समुदायमा कोरोना भाइरसको दोस्रो छाल व्यवस्थित भइसकेको पुष्टि गर्छ ।

टेकु अस्पतालको आईसीयूमा भर्ना हुने बिरामीको संख्या दिनानुदिन बढ्दो छ । पछिल्ला केही हप्ता संक्रमितको मृत्यु भएको छैन, तर अहिलेको सिकिस्त बिरामीको चाप यही गतिमा बढ्ने हो भने २–३ हप्ताभित्र मृत्युदर बढ्ने आँकलन गर्न सकिन्छ ।

नेपालमा पनि कोरोनाको दोश्रो अध्याय शुरु भइसकेको छ । बिगत १० दिन यता सिकिस्त संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ ।…

Posted by Bastola Anup on Friday, April 9, 2021

पछिल्ला दिनमा प्रयोगशालामा गरिएका परीक्षणमा ’एस जिन टार्गेट फेलियर’ (एस जिन नेगेटिभ) को संख्या बढी देखिएको छ । यसले कोरोना भाइरसको नयाँ प्रजाति (यूके भेरियेन्ट) समुदायमा फैलिरहेको छ भन्ने विश्वसनीय आधार दिन्छ ।

विश्वव्यापी उदाहरण हेर्ने हो भने, कोरोना भाइरसको नयाँ प्रजाति (यूके भेरियेन्ट) बढी संक्रामक र मृत्युदर उच्च रहेको मान्ने आधार प्रसस्त छन् । कोरोना भाइरसको पछिल्लो संक्रमणको विशेषता हेर्दा नेपालमा पनि नयाँ प्रजातिको संक्रमण भुसको आगोजस्तो सल्किँदै गएको मान्न सकिन्छ ।

कोरोना भाइरसको पहिलो छालमा जेष्ठ नागरिक र दीर्घरोगी जोखिममा थिए भने दोस्रो छालमा युवा पुस्ता मात्र होइन बालबालिकासमेत जोखिममा देखिएका छन् । त्यसैले सानोभन्दा सानो पनि लापरबाही नगरौं । लक्षण देखिनासाथ परीक्षण गरौं । धेरैभन्दा धेरै परीक्षण गरौं ।

हामी कोरोना भाइरसको पहिलो चपेटाबाट बाहिर निस्कनै लाग्दा दोस्रो छालको सँघारमा आइपुगेका छौं । जनघनत्व बढी भएका स्थानमा दोस्रो छाल टार्नै नसक्ने गरी फैलिनसक्ने खतराको घण्टी बजिसकेको छ । हामीले सुरक्षा मापदण्डको पालनामा हेलचेक्र्याइँ फिटिक्कै गर्नु हुँदैन ।

कोरोना भाइरसको दोस्रो छाल सम्भावित जोखिमसहित फैलियो भने, हामी अर्को भुँवरीमा पर्ने निश्चित छ । हामीले अझै व्यवस्थित र योजनाबद्ध तयारी गर्नुपर्ने हुन्छ । तसर्थ, भीडभाड रोकौं । बच्चाहरुलाई घरमै सुरक्षित राखौं, मापदण्ड पूर्ण पालना गरौं । आफू बचौं, अरुलाई पनि बचाऔं ।’

वि.सं.२०७७ चैत २८ शनिवार ०९:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

  काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा...

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

काठमाडौँ । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको...

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

जानकी (बाँके) । नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा...

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर...

छपन्न लाख ४३ हजार बढी बालबालिकाले लगाए दादुरा-रुवेलाविरुद्धको खोप

छपन्न लाख ४३ हजार बढी बालबालिकाले लगाए दादुरा-रुवेलाविरुद्धको खोप

काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा-रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख...