back

तपाईको आज बिहीवारको राशिफल भन्छ–आज यी ६ राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !

वि.सं.२०७८ वैशाख २ बिहीवार

126 

shares
NTC AD
Global IME AD

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
ब्चष्भकसुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ । आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ । व्यापारमा पनि प्रशस्त लाभ हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । दाम र नाम कमाउने समय छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
पछिका लागि खर्चको जोहो गर्नुपर्ला । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ला । उधारोमा व्यापार हुन सक्छ । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
ऋबलअभचआँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । विभिन्न स्रोत–साधन जुट्नेछन् । थन्किएका वस्तुको उपयोग हुनेछ । समाजसेवा र सत्कार्यमा केही खर्च गर्नुपर्ने हुन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । काम अड्किए पनि लाभांश प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ । समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अस्वस्थताले काममा जुट्न समस्या पर्नेछ । कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम पनि रोकिन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन् । तापनि सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ । प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ । यात्रा अलि कष्टपूर्ण हुनेछ । गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ । विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ला ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च लागे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । केही विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला । शुभचिन्तकसँगको सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुहोला । भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । साथीभाइको सहयोगले उत्साह मिल्नेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ । सोखले खर्च भने बढाउन सक्छ । उपहारले काममा उत्साह पनि जगाउनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा जगाउनेछ । समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला । बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । रोकिएका काम दोहोर्याउनुपर्ला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।

२०७८ वैशाख २ गते, बिहीवार, (१५ अप्रिल २०२१
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज नयाँ वर्षको पहिलो दिन, राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !

वि.सं.२०७८ वैशाख २ बिहीवार ०८:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD