back

कर्णालीको राजनीतिक तरंगबाट ढुक्क भट्ट

वि.सं.२०७८ वैशाख ५ आइतवार

177 

shares
NTC AD
Global IME AD

५ वैशाख, काठमाडौं । प्रदेशमा सरकार हेरफेरको कसरत चलिरहदा ससंकित रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अहिले भने निर्धक्क छन् । उनी कर्णालीको संसदीय राजनीतिमा आएको तरंगका कारण पनि हाल निर्धक्क छन् ।

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको सरकार रहेपनि उ सँगमात्र १४ सांसद रहेको छ । कुल ५३ सदस्य रहेको प्रदेशसभामा सरकार बन्नको लागि २७ सांसदको आवस्यक्ता पर्छ । तर, उनी हाल ढुक्क हुनुमा यो प्रदेशमा एमाले भित्र  माधव नेपाल पक्षमा बहुमत सांसद रहनु हाे ।  यो प्रदेशमा नेपाल पक्षमा १८ सांसद रहेका छन् ।

एमाले ओली पक्षले कुनै पनि हालतमा मुख्यमन्त्री भट्टको बहिर्गमन चाहेको भएपनि नेपाल पक्ष भट्ट नेतृत्वको सरकार जोगाउने पक्षमा छ । नेपाल पक्षको समर्थनले उनको सरकारलाई बहुमत पुग्ने हुदा उनी हाल ढुक्क छन् । हाल एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच उत्पन्न दरारको फाइदा माओवादी केन्द्रका प्रदेश सरकारले उठाइरहेका छन् ।

हालसम्म पनि एमालेका नेपालपक्षीय १८ सांसदको साथ  रहेकोले प्रदेश सरकारमा कुनैपनि समश्या नरहेको सुदूरपश्चिम माओवादी केन्द्रका सचेतक अक्कलबहादुर रावल बताउछन् । ‘सरकार ढल्छ कि भनेर हामीले चिन्ता गर्नुपर्ने कुनै कारण छैन ।’ रावलले भने, ‘एमालेको नेपालपक्षीय १८ सांसदको पूरै समर्थन छ ।’

वि.सं.२०७८ वैशाख ५ आइतवार १२:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हँुदा पाँच जनाको...

कैलालीका किसान मकैखेतीमा आकर्षित हुँदै

कैलालीका किसान मकैखेतीमा आकर्षित हुँदै

टीकापुर (कैलाली) । पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन...

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर...

अठार दिनदेखि बेपत्ता पुरूष मृत फेला

अठार दिनदेखि बेपत्ता पुरूष मृत फेला

बैतडी । अठार दिनदेखि बेपत्ता रहेका बैतडीका एक पुरुष मृत...

दुई सय ६३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा

दुई सय ६३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा

कञ्चनपुर । राष्ट्रिय भूमि आयोगको जिल्ला समिति कञ्चनपुरले हालसम्म दुई...