Sansar News- Nepal's Fast Khabar Online News Portal

दलालको भर नपरौँ,दलालका कुरा सय प्रतिशत नै झुठा हुन्छन्

संसार न्यूज़
४ वर्ष पहिले
दलालको भर नपरौँ,दलालका कुरा सय प्रतिशत नै झुठा हुन्छन्

jitendra-rayamajhi
जितेन्द्र रायमाझी,एनआरएनए आइसीसी सदस्य,चेक रिपब्लिक
हाल चेक रिपब्लिक, नेपाली विद्यार्थीहरूका लागि उच्च शिक्षाको नयाँ गन्तव्य बनेको छ । नेपालीको संख्या बढेसँगै दलालको बिगबिगी पनि बढेको छ । कामका लागि भन्दै यसरी दलालको भरमा परेर लाखौं खर्च गरेर आउने नेपालीहरूले दुःख पाएको बताउँछन् चेक रिपब्लिकका लागि समाजसेवि तथा एनआरएनए आइसीसी सदस्य जितेन्द्र रायमाझी । सन् १९९८ मा दिल्ली हुँदै चेक पुगेका गुल्मी मुसिकोटका रायमाझी सुरुमा होटल मजदुरको रुपमा काम गर्दै हाल आफैले ४० जनालाई काम दिएर सफल रेष्टुरेण्ट व्यवसायीको हैसियत बनाएका छन् । प्रस्तुत छ, उनै संघर्षशील रायमाझीसँगको कुराकानी :
चेकमा सक्रिय रहेका नेपाली संघसंस्थाको अवस्था कस्तो छ ?
जुन देशमा नेपालीहरू पुगेका छन् त्यहाँ आफ्नो संस्कार र सँस्कृतिको जगेर्ना गर्न र नेपालीलाई परिआउँदा सहयोग गर्न नेपालीहरू संगठीत हुनैपर्दछ । चेक गणतन्त्रमा हाल ३ सयको हारहारीमा नेपाली रहेका छौँै । यहाँ दुईवटा संस्था मात्र छन् । एउटा एनआरएनए हो जसको सन् २०११ मा गठन गरिएको हो भने अर्को नेपाली चौतारी इन चेक रिपब्लिक रहेको छ । दुवैको संस्थापक अध्यक्ष मै हुँ । अहिले एनआरएनए चेकको अध्यक्ष अर्जुन सापकोटा हुनुहुन्छ भने मैले आइसीसी सदस्यको जिम्मा लिएको छु ।
चेक गणतन्त्रमा नेपालीको अवस्था कस्तो छ ?
चेक रिपब्लिक युरोपका अन्य देश भन्दा सुन्दर देशमा गनिन्छ । यहाँ नेपालीहरू कमै छौँ । यहाँ १० प्रतिशत रेष्टुरेण्ट व्यवसायीले आफ्नै खर्चमा कामदार मगाइन्थ्यो । कामदारहरू फ्रि मा आएर ४०–५० हजार कमाउनुथ्यो, त्यो राम्रै थियो । तर, अहिले दलालहरूबाट आइरहेका छन् ।
त्यहाँ अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूका समस्या के पाउनु भएको छ ?
यहाँ अध्ययनका लागि आउनु राम्रो कुरा हो । तर, भाषाको समस्या छ । यहाँ पढ्नका लागि मात्र आउने हो भने ठिकै छ । तर, काम पाउन भने गा¥हो छ । अहिले नयाँ तरिकाबाट दलालहरू सक्रिय रहेका छन् । विभिन्न प्रलोभनमा परेर दलालमार्फत आउने भाइबहिनी धेरै छन् । दलालले भनेको कुरा सय प्रतिशत नै झुठा हुन् । त्यसैले बुझेर मात्र आउन हुन अनुरोध गर्दछु ।
रोजगारीको अवस्था कस्तो छ ?
यहाँ रोजगारीको समस्या नै छ । यहाँको कमाइले खान बस्नका लागि पुग्छ तर, कमाएर ठूला सपना पुरा गरौँला भनेर सोच्नु सपना मात्रै हुनेछ । यहाँ कमाएर बचाउनु भनेको ४० देखि ५० हजार रुपैयाँ मात्र हो । पहिले रेष्टुरेण्ट बाहेक अन्य क्षेत्रमा काम मिल्दैनथ्यो । अहिले चेक सरकारले कम्पनिमा पनि अनुमति दिन सुरु गरेको छ भन्ने सुनेको छु ।
चेकका नागरिकहरूले नेपालीलाई हेर्ने दृष्टिकोण कस्तो छ ?
चेकका नागरिकहरू नेपाललाई हिमालयको देश भनेर चिनेका छन् । कुनै जमानामा राणा परिवारका केही सदस्यहरू यहाँ आएर बसेका थिए । हामीसँग सम्पर्क पनि छैन । तरपनि समग्रमा यहाँ नेपालीलाई हेर्ने दृष्टिकोण राम्रो छ ।
(प्रस्तुत अन्तवार्ता ऐक्यबद्धता मासिकको चैत्र अंक २०७२ मा पनि प्रकाशित भएको छ ।)

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण २ दिन पहिले | लोकमणि पौडेल

सत्यलाई दबाउने उद्देश्यले जब भ्रमको खेती गरिन्छ र हजारौं पटक…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…