back

पैयूँ कला प्रतिष्ठानद्धारा सरसफाइ जागरण अभियान २०७८ सम्पन्न

वि.सं.२०७८ वैशाख ८ बुधवार

216 

shares
NTC AD
Global IME AD

८ बैशाख, पर्वत । ‘संस्कृतिमा विविधता, विविधतामा एकता’ भन्ने मूल नाराका साथ ‘पैयूँ कला प्रतिष्ठान’ ले सरसफाइ जागरण अभियान २०७८ सम्पन्न गरेको छ ।

पर्वतको दक्षिण क्षेत्रको ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेका, करोडौं सनातन हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर मानिने (जहाँ तीनवटा गाउँपालिका ( पैयूँ, बिहादी र महाशिला ) को संगमस्थल) ‘पैयूँकोट’ मा मंगलबार सरसफाइ जागरण अभियान सम्पन्न गरिएको हो ।

विभिन्न चाडपर्वहरुमा जस्तै यसवर्ष पनि चैतेदशैको अवसर पारेर दुर्गा माताको दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको पैयूँकोटमा प्रतिष्ठानले सरसफाइ जागरण अभियान, दुर्गा माताको भजन गाउनुका साथै नृत्य पनि प्रस्तुत गरिएको थियो । कलाकारहरू बबिता हिताङ, जमुना पौडेल, शिला हिताङ, मन कुमारी नेपाली, कुस्मिता पौडेल र सृष्टि सेनको विशेष प्रस्तुति रहेको थियो ।

No description available.

पैयूँकोट पूजा व्यवस्थापन समितिका आजीवन सदस्य तथा पैयूँ गा.पा.–६ का वडा अध्यक्ष थानेश्वर तिवारीको प्रमुख आतिथ्यतामा प्रतिष्ठानका अध्यक्ष गोविन्द प्रभात, उपाध्यक्ष मनोज सुनवार, सचिब गगन परियार, सह–कोषाध्यक्ष समीर शाही लगायत सम्पूर्ण प्रतिष्ठान परिवार र शुभचिन्तकहरुको उपस्थितिमा सम्पन्न उक्त अभियान कार्यक्रममा विशेष सहयोगिको भुमिकामा थनु मल्ल लगायत रहेका थिए भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिब गगन परियारले गरेका थिए ।
उक्त कार्यक्रममा तिनवटै पालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिहरूलाई आमंत्रण गरिएको भएपनि कोहि पनि उपस्थित नभएपछी सर्वसाधारणहरुले गुनासो गरेको पनि आयोजकले जनाएको छ ।

No description available.

वि.सं.२०७८ वैशाख ८ बुधवार १६:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा रु ४३ लाख...

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...