back

अछाममा कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु

वि.सं.२०७८ वैशाख ९ बिहीवार

141 

shares
NTC AD
Global IME AD

९ बैशाख, डोटी । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार भारतबाट रोजगारी गरी हालै घर फर्किएका ती पुरुषको जिल्ला अस्पताल मङ्गलसेनमा उपचारका क्रममा मृत्यु भएको हो ।

ज्वरो तथा रुघाखोकी लागेपछि बुधबार उनलाई बयलपाटा अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।

उनका अनुसार कोरोना सङ्क्रमण देखिएपछि ती पुरुषलाई जिल्ला अस्पतालका आइसोलेशनमा राखेर उपचार शुरु गरिए पनि आज बिहान उनको मृत्यु भएको हो । दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी तथा अछाममा एक÷एक जनाको मृत्यु भइसकेको छ ।
रासस

वि.सं.२०७८ वैशाख ९ बिहीवार १६:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हँुदा पाँच जनाको...

कैलालीका किसान मकैखेतीमा आकर्षित हुँदै

कैलालीका किसान मकैखेतीमा आकर्षित हुँदै

टीकापुर (कैलाली) । पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन...

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर...