back

ज्योति लाइफको नाफामा बृद्धि, बीमा शुल्क संकलन ५ अर्ब नाग्यो

वि.सं.२०७८ वैशाख १३ सोमवार

138 

shares
NTC AD
Global IME AD

१३ बैशाख, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षमा ११.९५ प्रतिशत खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले यो आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ करोड ७ लाख ७१ हजार ८२० रुपौँया खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १० करोड ७८ लाख ७१ हजार ३६७ रुपौँया खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले गत आ.व.को चैत मसान्तमा २ अर्ब ४४ लाख बीमा शुल्क संकलन गरेको थियो । जसमा यो आर्थिक वर्षमा १ सय २४ प्रतिशत अर्थात ३ अर्ब ३ करोड ३१ लाख रुपैयाँ थप गरी ५ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ । सो अवधिमा कम्पनीको खुद बीमा शुल्क संकलन भने २ अर्ब २१ करोड ९ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, कम्पनीले सो अवधिमा १० करोड ११ लाख ५२ हजार रुपैयाँ कुल दावी भुक्तानी वितरण गरेको छ । साथै, २२८ जना बीमितले दावी भुक्तानी वितरण गर्न बाँकी राखेको छ ।

वि.सं.२०७८ वैशाख १३ सोमवार १५:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आईएमई लाईफ इन्स्योरेन्सको प्रमुख मार्केटिङ अफिसरमा चौलागाईँ

आईएमई लाईफ इन्स्योरेन्सको प्रमुख मार्केटिङ अफिसरमा चौलागाईँ

काठमाडौं । आई.एम.ई. लाईफ इन्स्योरेन्स कं. लि. को चिफ मार्केटिङ...

स्वास्थ्य बीमा कार्यक्रममा कोशीका २३ लाख नागरिक आबद्ध

स्वास्थ्य बीमा कार्यक्रममा कोशीका २३ लाख नागरिक आबद्ध

मोरङ । सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा...

स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल बनाउन प्रधानमन्त्री सुझाव

स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल बनाउन प्रधानमन्त्री सुझाव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

पालिकाद्वारा एकल तथा विपन्न दलित महिलाको स्वास्थ्य बीमा

पालिकाद्वारा एकल तथा विपन्न दलित महिलाको स्वास्थ्य बीमा

सिमकोट (हुम्ला) । हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले दलित विपन्न...

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

जानकी (बाँके) । नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा...