Sansar News- Online for Global Nepali

जसपाभित्र बढ्दो किचलो, बैठक बोलाउने विषयमै हुन थाल्यो विवाद

समर शर्मा
१ हप्ता पहिले
जसपाभित्र बढ्दो किचलो, बैठक बोलाउने विषयमै हुन थाल्यो विवाद

वैशाख १४, काठमाडौं । सरकारविरुद्व अविश्वास प्रस्ताव ल्याउने तयारी भईरहेका बेला जनता समाजवादी पार्टी (जसपा)भित्र किचलो बढेको छ । आन्तरिक किचलोका कारण सत्ता समिकरणबारे निर्णय गर्न बोलाउने तयारी गरिएको कार्यकारिणी समितिको बैठक पनि अनिश्चित बनेको छ ।

मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको शीर्ष नेताहरुको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलगायतले सत्ता समिकरणबारे कार्यकारिणी बैठकमार्फत टुंगो लगाउनुपर्ने बताएका थिए । तर, अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतले भने कोरोनाको जोखिमलाई देखाउँदै बैठक बोलाउन अस्वीकार गरेका छन् ।

मंगलबारको छलफल बैठककै विषयमा सहमती नजुटेसँगै सकिएको थियो । छलफल सहमती उन्मुख नबनेसँगै नेता भट्टराई छलफलको बीचमै उठेर हिँडेका थिए ।

जसपाको निर्णय कुर्दै कांग्रेस–माओवादी

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सरकारविरुद्व एक/दुई दिनभित्रै अविश्वासको प्रस्ताव ल्याउने तयारीमा छन् । उनीहरु अविश्वासको प्रस्ताव जसपासहितको सहमतीमा ल्याउने योजनामा छन् । तर, जसपाको आन्तरिक किचलोको कारण उनीहरु अलमलमा परिरहेका छन् ।

जसपा ओलीसँग सत्ता समिकरण बनाउने या कांग्रेस र माओवादीसँग मिलेर जाने भन्नेमा विभाजित छ । जसपाको पूर्व राजपा समूह (महन्थ ठाकुर र राजेन्द्र महतो) हालको सरकारसँगै सम्झौता गरेर जाने कोसिसमा छन् । यसअघि उनीहरुले पटक–पटक ओलीसँग बेग्लै वार्ता पनि गरिसकेका छन् ।

तर, उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष भने ओलीसँग कुनै हालतमा सहकार्य नगर्ने सुरमा छ ।

जसपाभित्र देखिएको विवाद ओलीसँग सत्तामा जाने वा कांग्रेस र माओवादीसँग समिकरण बनाएर जाने भन्नेमा देखिन्छ । सत्ता समिकरणमा निर्णायक मत बोकेको जसपाको अनिर्णयको कारण अविश्वासको प्रस्ताव ल्याउने विषय अलमलमा पर्दै आएको छ ।

अंकगणितमा निर्णायक जसपा

अहिले प्रतिनिधि सभामा २ सय ७१ सांसद छन् । जसमा नेकपा एमालेका मात्रै १ सय २० सांसद छन् । प्रतिनिधि सभामा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जनता समाजवादी पार्टी (जसपा)का ३२ सांसद छन् ।

यदि नेकपा (एमाले)ले जसपाको साथ पाएको खण्डमा बहुमत गुमाउने छैन् भने कांग्रेस र माओवादी केन्द्रले जसपाको साथ पाएमा नयाँ सरकार बनाउन सक्नेछन् ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओली एमालेभित्रको माधव कुमार नेपाल पक्षलाई कारबाही गरेर अगाडि बढ्ने तयारीमा छन् । यदि माधव पक्षलाई कारबाही गरेको खण्डमा पनि तीन दलबीच बन्ने समिकरणले सहजै बहुमत प्राप्त गर्दछ ।

 

सर्बाधिक पढिएको

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति ४ दिन पहिले | संसार न्यूज़

२० वैशाख, काठमाडाैं । सानिमा बैंकले नेपाल सरकारलाई करीब २४…

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी ३ हप्ता पहिले | संसार न्यूज़

३ बैशाख, भारत । हनिमुन मनाउन कतार गएका एकजोडी विना…