back

ओलीसँग नजिक हुँदै जसपा, के सरकारमा सहभागी होला ?

वि.सं.२०७८ वैशाख १६ बिहीवार

156 

shares
NTC AD
Global IME AD

वैशाख १६, काठमाडौं । सरकारले एक पछि अर्को गर्दै जनता समाजवादी पार्टी (जसपा)ले राखेका मागहरु पुरा गर्न थालेको छ । पटक–पटकका वार्ता र छलफलहरु सहमती उन्मुख बनेसँगै सरकारले मागहरु पुरा गर्न थालेको हो ।

बुधबार मात्रै सरकारले मधेश आन्दोलनसँग सम्बन्धित १२० जनाको मुद्दा फिर्ता लिएको थियो । जसप्रति जसपा निकै सरकारात्मक देखिएको छ ।

एमाले नेता सुवासचन्द्र नेम्वाङले बताएअनुसार जसपासँग भएका सहमतीअनुसार सरकार अधिकांश मागहरु पुरा गर्ने क्रममा छ । उनका अनुसार जसपाले राखेका मुख्य तीन माग रेमश चौधरीको रिहाई, मधेश आन्दोलनका मुद्दा फिर्ता र नागरिकता विधेयक संशोधनलाई सरकारले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्नेतर्फ लागेको छ ।

‘उहाँहरुको मागप्रति सरकार गम्भीर रुपमा लागेको छ, केही माग अदालती प्रक्रियाका कारण ढिला भएका छन् ती पनि प्रक्रियागत रुपमा पूरा हुन्छन्’ नेम्वाङले भनेका छन् ।

एकपछि अर्को माग सम्बोधनसँगै सरकार र जसपाबीचको दुरी पनि कम हुँदै गरेको बुझाई धेरैसँग छ । जसपाका एक नेताका अनुसार पछिल्लो सम्बोधनले सरकार मधेश मुद्दामा फेरिएको देखिएको छ ।

सरकारमा जाने सम्भावना कति ?

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका मागहरु सम्बोधन हुने भन्दै सरकारमा सहभागी हुन र समर्थन गर्न आग्रह गरिरहेका छन् । पछिल्ला वार्ताहरुमा पनि उनले जसपाका नेताहरुलाई सरकारलाई सहयोग गर्न आग्रह गरिरहेका थिए ।

तर, सरकारमा सहभागिताको विषयमा भने जसपासँग सहमती भईनसकेको नेम्वाङ बताउँछन् । अधिकांशका मागका विषयमा जसपासँग सहमती भएपनि सत्ता सहकार्यको विषयमा सहमती भईनसकेको उनले बताए ।

जसपाका एक नेताका अनुसार पछिल्ला सहमतीसँगै सरकारसँगको दुरी कम भएको छ । तर, सरकारमा जाने विषयमा थप प्याकेजमै सहमती हुनुपर्ने उनले बताए ।

‘यत्तिकै सरकारमा जाने कुरा हुँदैन्, हाम्रा सबै मागहरु पुरा हुनुपर्छ’, उनले भने, ‘हाम्रो लागि हालको सरकार र भोली बन्न सक्ने सरकार उस्तै हो, जोसँग सहमती हुन्छ त्यहिसँग सहकार्य गर्ने कुरा स्वभाविक हुन्छ, तर हामी प्याकेजमै सहमती नभई सहकार्य गर्ने पक्षमा छैनौं ।’

८ वटासम्म मन्त्रालय दिएर सहभागी गराउने प्रयास

मुद्दा सम्बोधनसँगै जसपालाई सरकारमा सहभागी गराउने पनि प्रयास भईरहेको छ । जसका लागि प्रधानमन्त्रीले केहि महत्वपूर्णं मन्त्रालयसहित सहकार्यको प्रस्ताव राखेको बुझिएको छ ।

जनाइएअनुसार उपप्रधानमन्त्रीसहित ८ वटा मन्त्रालय दिने गरि प्रधानमन्त्रीले प्रस्ताव राखेका छन् । साथै प्रधानमन्त्रीले उपसभामुखको लागि जसपालाई पनि प्रस्ताव गरेको बुझिएको छ ।

तर, जसपाको पूर्वराजपा समूहसँग भईरहेको छलफलले मात्रै निकास नदिने स्पष्ट छ । उपेन्द्र यादव पक्षलाई नमनाई सरकारमा जाने कुरा निश्चित नहुने जसपाका नेताहरु बताउँछन् ।

सम्बन्धित समाचार

जसपाभित्र बढ्दो किचलो, बैठक बोलाउने विषयमै हुन थाल्यो विवाद

वि.सं.२०७८ वैशाख १६ बिहीवार १३:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD