Sansar News- Online for Global Nepali

चुरे क्षेत्रमा पिउने पानीको अभाव हुँदा स्थानीयवासी समस्यामा

संसार न्यूज़
७ दिन पहिले
चुरे क्षेत्रमा पिउने पानीको अभाव हुँदा स्थानीयवासी समस्यामा

१७ बैशाख, सर्लाही । चुरे क्षेत्रमा सुख्खा मौसम शुरुसँगै खानेपानी अभाव हुन थालेको छ । वर्षेनी यस मौसममा चुरेबासीले खानेपानीको सङ्कट बेहोर्दै आएका छन् । सुख्खा मौसमसँगै कुवा, खोला र खोल्साको धमिलो पानीमै निर्भर हुनुपर्ने स्थानीयवासीको गुनासो छ ।

चुरे भेगमा पर्ने भालुखोप, केराबारी, वनमारा, बेलडाँडा, कालिञ्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्ग्रेखोलालगायत ठाउँका करीब एक हजार परिवार खानेपानीको पहुँचभन्दा बाहिर छन् । उनीहरूलाई फागुन लागेसँगै खानेपानीको अभाव हुन्छ ।

हरिवन नगरपालिका–१ केराबारीकी रश्मिला जिम्बाले नजीकको कुवा सुकेपछि एक गाग्री पानी लिन घण्टौंँ उकालो–ओरालो गरेर मुहानसम्म पुग्नुपर्ने अवस्था सिर्जना भएको बताइन् ।

४० घरधुरी रहेको बस्तीका छेउमा एउटा कुवा भए पनि पर्याप्त पानी नभएका कारण स्थानीयवासी समस्यामा परेका छन् । सो कुवाको पानी मुश्किलले चारपाँच घरलाई पुग्ने गरेको जिम्बाले बताइन्। लिफ्ट प्रविधिमार्फत चुरेका केही बस्तीमा खानेपानी पुरयाइए पनि खोलामा पानी सुक्दा धारामा पानी कम आउन थालेको छ ।

धाराको पानी थाप्न घण्टौंँ लाइनमा बस्नुपरेको लालबन्दी नगरपालिका–१२ भालुखोपका वीरबहादुर रानाले गुनासो गरे । ‘पानीको मुहानै सुकेपछि धारामा पानी कम आउन थालेको छ’, रानाले बताए। एक गाग्री पानीका लागि करीब पाँच घण्टासम्म लाइनमा बस्नुपर्ने अवस्था रहेको लालबन्दी १५ का किरण विकको भनाइ छ ।

दूषित पानीका कारण चुरे क्षेत्रमा बेलाबेलामा झाडापखालाको महामारी फैलिने गरेको छ । वस्तुभाउ र मानिसले एउटै खोलाको पानी खाने गरेका कारण विभिन्न किसिमका सरुवा रोगसमेत लाग्ने गरेको स्थानीय चिकित्सकले बताएका छन् ।

‘धमिलो पानी छानेर खानुपर्छ, यसले बिरामी पर्ने जोखिम बढाएको छ’, ईश्वरपुर नगरपालिका १२ का अजय थिङले बताए। बढ्दो वन विनाश, उत्खनन र यस वर्ष हिउँदमा वर्षा नभएकाले खानेपानीको स्रोत सुकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीले जनाएको छ ।

चुरे क्षेत्रमा खानेपानीको अभाव टार्न यस क्षेत्रका स्थानीय तहले खोलाबाट लिफ्ट प्रविधिमार्फत बस्तीमा खानेपानी पुर्याए पनि मूल नै सुक्दा सो कार्य प्रभावकारी बन्नसकेको छैन । पुराना इनारकुवा मर्मत र नयाँ इनार खनेर पानी पुर्याउने योजनानुसार काम भइरहेको हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईंले बताए। उनका अनुसार ठाउँठाउँमा डिप बोरिङ गर्न लागिएको छ । पछिल्लो समय वन विनाश हुँदै गएका कारण पनि पानीका मुहान सुक्न थालेको जनाइएको छ ।
रासस

सर्बाधिक पढिएको

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति ४ दिन पहिले | संसार न्यूज़

२० वैशाख, काठमाडाैं । सानिमा बैंकले नेपाल सरकारलाई करीब २४…

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी ३ हप्ता पहिले | संसार न्यूज़

३ बैशाख, भारत । हनिमुन मनाउन कतार गएका एकजोडी विना…