back

कविता: उति शक्तिशाली ईश्वर

वि.सं.२०७८ वैशाख १८ शनिवार

159 

shares
NTC AD
Global IME AD

अझ उद्वारको ध्वंस दिन्छन्
कतिञ्जेल म ढुक्क थिएँ
जतिबेलासम्म ईश्वरको परिकल्पना गरें

केही समय मौन रहें
तब सम्झें नैतिकता
जो थियो अनुशासन वा भय
अनेकन् रोग सम्झेँ जो ईश्वरको कृपाले निको हुनेबारे
मृत्यु सम्झेँ ईश्वरले आफूमा लिन गर्ने बारे,
तर यसपाली
ईश्वर चुप बसे, हिजो जसरी बस्थे मूर्तिमा
उन्का दूतहरु नै सिकार भए
यो महाप्रलयमा

कि सुतिरहेका छन् ?
कि भनिए बमोजिम दयालु छैनन् ?
उति शक्तिशाली ईश्वर
कि हाम्रो परिकल्पनामा मात्र सिमित छन् ?
कि ईश्वरको नै मृत्यु भयो

लाग्छ आफ्नै शवयात्रामा छन् ईश्वरहरु
लाग्छ घाट नै अपुग छ ।

 

वि.सं.२०७८ वैशाख १८ शनिवार ०६:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...