back

कथा: बिनास अनि बिवस

वि.सं.२०७८ वैशाख १८ शनिवार

180 

shares
NTC AD
Global IME AD

आउ कान्छा एक माई कहिले पो हो ? अन्तरीको प्रश्न सुनेर उल्टा प्रश्न उसैलाई गरें–किन हौ ? एक माई चाहिएको तिमीलाई भनिदिए । अनि ख्यालठट्टैमा एक माई पर्छ होला नि भनिदिए । उ ङिच्च हाँसेर भनिन्–श्रमीक दिवसको छुट्टी पाउँछ नि त । बाह्र महिना रूझी भिजी गर्न श्रमिकलाई भने श्रमिक दिबसको एकदिने छुट्टी कति प्रिय रहेछ कुरा उसैबाट बुझियो पनि । अनि उसले कुरा थालिन् – आउ कान्छा ! कोरोनाले मान्छेहरू धेरै मर्दैछन् अरे । देशको ठूलो ठुलो सहरहरू कोरोना संक्रमणबाट नटाड़ीने नै भयो भयो । तर हाम्रो तिरको सानो बजार देखि गाउँ, गाउँ देखि कमानसम्म कोरोना फैलिएको खबरहरु लछेप्रै सुन्दैछौ के तिमीले ? कोरोनाको यो दोस्रो लहर चलेको भनेर गाँईगुँई सुनिन्छ नि कमानको मेलो तिर । मुख र नाक छोप्ने गरि माक्स चहि लगाईरहनु भन्दै थियो मेलोमा बड़ा साहेबले । हातमा सेनिटाईजर कि के जाति दल्नु अरे ! मलाई यसै भन्दै थिईन् । अन्तरीले कामबाट आउना साथ ।

यतिबेला उसले गम्बुट खोलिकी छैन् । डोको पनि बिसाएकी छैन् । तिरपल कम्मरमै फनफनी बेरिरहेकै थिइ । तिरपल खोल्ने कुनै मेलोमेसो नै गरेकी थिइन् । बरू उसले कमानमा अरूको कुरा सुनेर जति बुझ्यो, घरमा आएर त्यती नै कुरा मलाई बुझाउदै सतर्क बनाउनु खोज्छिन् । बिचरी अन्तरीले बुझ्दैनन् मालिक पक्षको कोल्टे नीति । उसलाई थाहा छैन । यो भयाभव समयमा पनि मालिक पक्षले आफ्नै फाइदाको निम्ति श्रमिकलाई भेड़ा बाख्रा जस्तै निर्मोही प्रयोग गरिराखेको कुरा ।

बिचारी अन्तरी कोरोनासंग डराउँछिन् । तर यस्तो संवेदशील घडिमा उसलाई डर भन्दा पनि पापी पेटले कर पारिरहेको आफू श्रमिक हुनुको सत्य भोगाई छँदै थियो । उसलाई यतिबेला साथ दिइराखेको थियो भने हरियो बाँसको चोयाले बुनिएको नयाँ डोकोले । लामो छाता अनि निलो गम्बुटले । यि सबै कमानबाट उसले पाउनु पर्ने समाग्री थियो । यति पाएपछि उ खुशी थिईन् । उसलाई थाहा छैन । कमानमा यसरी घाम पानी नभनि दैनिक नौ घण्टा खटिने श्रमिकलाई कोरोना लाग्छ कि लाग्दैन भनेर । उसलाई थाहा छैन । न्याय के हो ? थाहा छैन उसलाई अन्याय के हो ? रित्तो डोको भिरेरै हरेक दिन कमानको मेलोमा धाउँदा धाउँदै उसको उमेरसँगै कपाल फुल्ने कुरा पनि थाहा छैन उसलाई । उसलाई थाहा छ । भनेको नै एउटा काम,दाम अर्को माम हो । जताबाट पनि पिसिनु पर्ने त गरिब मान्छे नै त रहेछ नि । चारैतिर कोरोना संक्रमण देखि बाँच्ने बचाउने संदेश दिइरहेकै छन् । माक्स बाँड़छन् सेनिटाईजर बाँड़छन् । सबैलाई सचेत संदेश बाड़ीरहेकै छन् । यसरी सबैलाई बचाउँने कुनै कसर बाँकी नराख्ने देशको बरिष्ठ नेता उसको सत्ता अनि बुद्धीजीवीबर्गले खै ! त यतिबेला कमाउने श्रमिकको पक्षमा न्यायको आवाज उठाई दिएको ? हिजो पनि श्रमिक कामको मेलोमा नै थिए । आज पनि कामको मेलोमा नै छन् । बिचरी अन्तरीहरू कोरोना संक्रमणसंग सचेत छिन् । तर मालीक पक्षको निर्दयी नीतिले अचेत हुन बाध्य पनि थिइन् । जसरी होस् मालिकलाई मुनाफा भए भइगयो ! गरिबहरूको जीवन के वास्ता र ? उनिहरूको काम नै गरीब श्रमिकहरूको पसिना र रगत चुस्नु मात्र रहेछ ।

म यस्तै के- के सोच्दै एक्लै सिकुवामा बसेर मनमनै गनथन गर्दै थिएछु । उता भान्सा घरबाट अन्तरी फतफताउँदै आईन् एक मग तातो चिया लिएर अनि भन्दै थिईन् – आउ कान्छा ! कोरोना फोरोना केही होइन हाउ । तिमीलाई चहि एउटा सानो कुरा सुनाउनै हुँदैन हगि ? एकोहोरो भईहाल्छौ त । जाऊ न बरू एकबिट्टा तितेपाती र धुप्पी लिएर आऊ अनि त्यो सल्काएर घर वरिपरि घुमाउ । यस्तोबेला औषधी नै हुन्छ अरे ! माथिल्लो घरको मनमाया दिदीले हिजोदेखि तितेपातीको धुवाँ घरवरिपरि घुमाउनु थाल्यो अरे । तल्लो घरको सनेकाकाले त झन् बेलुकी बिहान सुक्पा धुप्पीको धुवाँ पो घुमाउँछन् अरे । तिमीले पनि सधैं नै यति धुवाँ घुमाउने काम चै गरे हुनेथियो नि। यसै भन्दै नै चियाको मग हातमा दिइराखेर उ गईन् भान्सा घरतिर । म भने उसको कुरा सुनेर ट्वाल्ल परें । सोच्न बाध्य भएँ । फेरि मनमनै हाँसे । अनि मनमा आफै कुरा खेल्नु थाले । हन ! हाम्रो अन्तरी कति सोझो हाउ । यसरी नहुँदो अपत्यारो कुरालाई पनि कति सहजै पत्याउनु सकेका होलान् बिचारी मेरी अन्तरी । यस्तो सोझो हुँदा नै हेप्पिनु परेको होला भनेर मनमा लाग्छ ।

दिनदिनै चारैतिर भयाभय परिवेश कम हुन सकेको थिएन । बाँच्नु र बचाउनु सचेतता अभियानहरु चलिरहेकै थियो । चिया श्रमिकहरू भने कमानको मेलो तिर झटारिनु पर्ने बाध्यता संग जुधिरहेको थियो । श्रमिकहरु प्रति दया माया कुनै पक्षबाट देखिएन । श्रमिकको जीवन कति जोखिम थियो कसैले वास्तै गरेन । यतिबेला सम्म हरेक गाउँ, हरेक समाज सचेतताको सभाहरु बस्दै बिपदको बेला चेतनामुलक संदेशहरु बाँड़ी रह्यो । तर कयौं श्रमिक अन्तरीहरु बिवस अनि बिवसता भित्र रित्तो डोको पिठ्युँमा भिरि मेलो तिरै धाईरह्यो । कहिलेसम्म होला यस्तो दासत्वको जुनी भिरेर कमानको मेलो तिर हिड़ीरहनु पर्ने । कहिलेसम्म होला श्रमिक अवहेलित हुन पर्ने । उहिले बाजे बराजुको पालो देखि नाति पनातिको युगसम्म आईपुग्दा पनि चिया श्रमीहरूको दुःख त्यही त छ नि । त्यही त छ नि शासकको शोषण र दमन नीति । खै ! के नै फेरियो र भन्नु श्रमिकको कथा ब्यथा । जस्तोको त्यस्तै जही को त्यही नै छ । आजको यो भयाभय स्थिति बगानपक्षलाई के परवाह होला र ? केवल गरिबलाई जोताउँछन् जोताउँछन् अनि ठग्छन् र मुनाफा कमाउँछन् ति रक्त पिपासु मालिकहरू ।
यसरी नै एक्लै मनमनै म आक्रोशीत बन्छु ।उकुस मुकुस हुन्छु । बिरक्त मान्छु । यतिबेला भने आँखा चिम्म गरेर देविदेवतालाई प्रणाम गर्छु । बिन्ती भाव गर्छु । आकाशतिर फर्किएर बर्बराउँछु –हे ! पंन्चकन्ये देवी माँ सबैको रक्षा गरुन् भन्दै लामो सुस्केरा छोडÞिपठाउँछु ।

 

वि.सं.२०७८ वैशाख १८ शनिवार ०६:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...