Sansar News- Online for Global Nepali

कविताः पानीको रङ्ग

श्री भवानी नेपाल,ईटहरी, सुनसरी हाल युएई
६ दिन पहिले
कविताः पानीको रङ्ग

पानी र पसिना उस्तै हो नि हगि ?

म श्रमिक हुँ
२९ दिन पसिना बगाउँछु,
३०औं दिनको दिन तलब बुझ्दछु ।

बुझेको तलबलेः
बुवालाई रङ्गीचङ्गी ढाकाको टोपी किनिदिन्छु ।
आमालाई रातो सुतीको धोती किनिदिन्छु ।
पत्नीलाई गुलाबी एक डब्बा सिन्दूर किनिदिन्छु ।
छोराछोरीलाई रङ्गीन किताब कापी र कालो कलम किन्दिन्छु ।
र आँफुलाई गोडा दुई एक सेतो गोल गन्जी किन्दछु ।

खै किन हो,
ति खरीद गरिएका सबै वस्तुमा रङ्ग देख्छु ।
म मेरो पसिनामा रङ्ग देख्छु ।
म मेरो पारिश्रमिकतामा रङ्ग देख्छु ।
म पानीमा रङ्ग देख्छु ।

पसिनाले जीवनमा यसरी रङ्ग भर्दोरहेछ नि हगि ?
पसिनाको रङ्ग हुँदोरहेछ नि है ?
पानीको रङ्ग चाहिँ किन हुन्न ???

‘हरेक झुपडीमा पानीको रङ्ग भेटिन्छ ।
हरेक श्रमिकको पसिना रङ्गीन हुन्छ ।’

अक्सर,
रङ्गीन पसिना नबगाउनेहरु नै भन्ने गर्दछन्,

‘पानीको कुनै रङ्ग हुँदैन !’
‘पानी बेरङ्गी हुन्छ !’

 

सर्बाधिक पढिएको

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति ४ दिन पहिले | संसार न्यूज़

२० वैशाख, काठमाडाैं । सानिमा बैंकले नेपाल सरकारलाई करीब २४…

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी ३ हप्ता पहिले | संसार न्यूज़

३ बैशाख, भारत । हनिमुन मनाउन कतार गएका एकजोडी विना…