Sansar News- Online for Global Nepali

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह

संसार न्यूज़
४ दिन पहिले

२० बैशाख, बलेवा । कोभिड–१९ को जोखिम बढेपछि हिमाल पारीको जिल्ला मुस्ताङका सरकारी कार्यालय धमाधम बन्द हुन थालेका छन् । कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि सो जिल्लाका जलश्रोत तथा सिँचाइ सव डिभिजन र खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय आजदेखि बन्द भएका हुन् ।

सिँचाइ सव डिभिजन कार्यालयमा कार्यरत दुई कर्मचारीमा केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको कार्यालयले जनाएका छन् । कोरोना जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयको नियमित सेवा पनि मंगलबारदेखि बन्द गर्ने भएको छ ।

जोखिम कम गर्न अत्यावश्यक बाहेकका सेवा बन्द गर्न लागिएको प्रशासनले जनाएको छ । प्रशासनका सेवा बन्द गरेको बिषयमा जानकारी गराएको प्रशासनले कहिले सम्म बन्द रहने भन्ने बिषयमा भने जानकारी गराएको छैन् । आइतबार जिप्रकाले प्रकाशित गरेको सूचनामा कोरोनाको दोश्रो लहर मुस्ताङमा समेत फैलिन थालेको जनाउदै अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालद्वारा जारी सूचनामा कोभिड—१९ को बढ्दो सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्थित कार्यालय र पसल लगायतका सार्वजनिक स्थलमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सर्वसाधरणमा अपिल गरेको छ ।
रासस

सर्बाधिक पढिएको

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति ४ दिन पहिले | संसार न्यूज़

२० वैशाख, काठमाडाैं । सानिमा बैंकले नेपाल सरकारलाई करीब २४…

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी ३ हप्ता पहिले | संसार न्यूज़

३ बैशाख, भारत । हनिमुन मनाउन कतार गएका एकजोडी विना…