Sansar News- Online for Global Nepali

महिला लघुवित्तको प्रतिकित्ता शेयरमूल्य ४ हजार नाघ्यो

संसार न्यूज़
३ दिन पहिले
महिला लघुवित्तको प्रतिकित्ता शेयरमूल्य ४ हजार नाघ्यो

२१ वैशाख, काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिशेयर मूल्य ४ हजार नाघेको छ । आज कारोबार सुरु केहि समयमा नै कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात ३७८ रुपैयाँले बढेर ४१५८ रुपैयाँ पुगेको हो ।

चैत ३ गतेदेखि नेप्सेमा कारोबार खुलेको कम्पनीको शेयरमूल्य निरन्तर बढिरहेको छ । नेप्सेले महिला लघुवित्तको शेयरलाई ३१३ रुपैयाँ १६ पैसादेखि ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज दिएको थियो। त्यस अनुसार लघुवित्तको पहिलो कारोबार प्रतिकित्ता ४३८ रुपैयाँ १० कित्ता शेयर खरिदबिक्री भएको थियो।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । त्यसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ३ लाख ७५ हजार कित्ता सर्वसाधारणको लागि निष्काशनमा ल्याएको थियो।

सर्बाधिक पढिएको

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति ४ दिन पहिले | संसार न्यूज़

२० वैशाख, काठमाडाैं । सानिमा बैंकले नेपाल सरकारलाई करीब २४…

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी ३ हप्ता पहिले | संसार न्यूज़

३ बैशाख, भारत । हनिमुन मनाउन कतार गएका एकजोडी विना…