Sansar News- Online for Global Nepali

यसरी शुरु भयो लुंखुमा कोरोना अस्पताल

संसार न्यूज़
३ दिन पहिले
यसरी शुरु भयो लुंखुमा कोरोना अस्पताल

बैशाख २१ पैयु ।  गण्डकी प्रदेश पर्वत जिल्लाको महाशिला गाउपालिकाले कोरोना अस्पताल संचालनमा ल्याएको छ ।

महाशिला गाउपालिका ५ लंखु देउरालीमा रहेको बहुउद्धेश्यिय सभाहललाइ प्रयोग गर्दै अस्पताल संचालमा ल्याइएको जनाइएको छ ।
वडा न ५ लंखुका अध्यक्ष तथा सो गाउपालिकाका प्रवक्ता जीवन उच्चैे ठकुरीका अनुसार हाललाइ अक्सिजन सहितको ५ शैया तथा क्वारेन्टाइनका लागी आवश्यक सुबिधा सहितको १० शैया ब्यबस्था गरीएको छ ।

बिरामीहरुको तात्कालीक उपचार र हेरचाहका लागी १ जना डाक्टर सहित १ जना दक्ष नर्स, १ जना अहेव, १ जना अनमी र १ जना ल्याब टेक्निसियन रहने ब्यबस्था मिलाइएको जनाइएको छ ।

May be an image of indoor

साथै जीउ दुख्ने, उच्च ज्वरो आउने, स्वासप्रश्वामा समस्या आउने लगायत कोरोनाको मिल्दोजुल्दो लक्षण देखापरेमा लुंखु देउराली प्राथमिक स्वास्थकेन्द्रमा एन्टिजेन परीक्षणको ब्यबस्था भएको समेत जनाइएको छ ।

पर्वत जिल्लाका ७ वटा पालिका मध्ये सबैभन्दा बढि भौगोलिक बिकटतामा रहे पनि यो पालिकाले स्वास्थ, शिक्षा र कृषि उत्पादनमा अग्रणी काम गरीरहेको छ । सो पालीकाको नेतृव्व बिकासबादी राजनीति गर्ने राजु पौडेलले गरीरहेका छन ।

सर्बाधिक पढिएको

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति ४ दिन पहिले | संसार न्यूज़

२० वैशाख, काठमाडाैं । सानिमा बैंकले नेपाल सरकारलाई करीब २४…

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी ३ हप्ता पहिले | संसार न्यूज़

३ बैशाख, भारत । हनिमुन मनाउन कतार गएका एकजोडी विना…