back

सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमितको उपचार गर्ने अस्पतालहरुलाई महाविर पुनको अनुरोध

वि.सं.२०७८ वैशाख २२ बुधवार

114 

shares
NTC AD
Global IME AD

२२ बैशाख, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाविर पुनले पश्चिमान्चल प्रदेशका कोरोना संक्रमितको उपचार गर्ने अस्पताललाई भेन्टिलेटर तथा अन्य सामग्री मर्मतका लागि सम्पर्क गर्न अनुरोध गरेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रले बायोमेडिकल ईञ्जिनियरलाई महेन्द्रनगरको महाकाली अस्पतालमा बिग्रेको भेन्टिलेटर र अन्य उपकरणहरु मर्मत गर्न पठाएको बताउँदै अन्य अस्पतालले पनि यस्ता उपकरण मर्मत गर्नुपर्ने भए सम्पर्क गर्न भन्दै सम्पर्क नम्बर दिएका छन् ।

सामाजिक संजालमा उनले लेखेका छन्
‘राष्ट्रिय आविष्कार केन्द्रले एक जना बायोमेडिकल ईञ्जिनियर भाईलाई महेन्द्रनगरको महाकाली अस्पतालमा बिग्रेको भेन्टिलेटर र अन्य उपकरणहरु मर्मत गर्न पठाएको थियो । त्यहाँको काम सकेर भाई धनगढीको सेती अस्पतालमा आएर त्यहा प्रयोगमा नआएको भेन्टिलेटरलाई क्ष्लकतबिि गरेर प्रयोगमा ल्याए र त्यहाँ भएको पुरानो ऋएब्ए मशीनहरु चलाउन तालिम दिएका छन् । उनले ति अस्पतालहरुका ईन्जिनियरसंग मिलेर काम गरेका हुन् ।

भाई त्यहाँ भएको बेला सो क्षेत्रका अन्य कुनै कोरोनाको बिरामीहरु उपचार गर्ने अस्पतालहरुमा मेडिकल उपकरणहरु मर्मत गर्नु पर्ने छ भने ९८४१५९२३६१ मा सम्पर्क गर्नुहोस् । सकेसम्म समय मिलाएर मदत गरिनेछ ।

नोटः सहयोग चाहिएमा भाईलाई धनगढीसम्म लिन जानु पर्ने हुन्छ किन भने उनीसंग कुनै सवारी साधन छैन । यसरी गरिने काम आविष्कार र अनुसन्धान होइन । मानविय सहयोगको लागी गरेको काम हो ।’

 

वि.सं.२०७८ वैशाख २२ बुधवार ०८:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हँुदा पाँच जनाको...

कैलालीका किसान मकैखेतीमा आकर्षित हुँदै

कैलालीका किसान मकैखेतीमा आकर्षित हुँदै

टीकापुर (कैलाली) । पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन...

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर...