back

फेदीखोला गाउँपाललिकाले बनायो, अक्सिजन सहितको २० वटा बेड

वि.सं.२०७८ वैशाख २२ बुधवार

123 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

स्याङ्जा, २२, बैशाख । फेदीखोला गाउँपालिकाले कोरोना महामारीलाई ख्याल गरेर अक्सिजनको व्यवस्था सहित २० वटा आइसोलेसन बेडको निर्माण गरेको छ । पालिकाका अध्यक्ष घनश्याम सुवेदीका अनुसार गाउँपालिकाको पहलमा अक्सिजन सिलिण्डरको व्यवस्था गरेर भाटखोला स्वास्थ्य चौकीमा २० बेड सहितको आइसोलेसन वार्ड बनाइएको हो ।

पालिकाभित्रका अन्य स्थानमा पनि आइसोलेसन वार्ड बनाउन पालिकाले तयारी गरेको सुवेदीको भनाई छ । सुवेदीले सबैको तर्फबाट सहयोगका लागि आग्रह गर्दै भनेका छन, ‘अन्य स्थानमा पनि थप व्यवस्थापनको लागि जुटेका छौं । कृपया आफ्नो आफ्नो स्थानबाट यो प्रकोपमा सकरात्मक सहयोग गरौं ।’

फेदीखोला गाउँपालिकाले महामारीलाई मध्यनजर गर्दै गर्भवती महिला, कृषि उपज बिक्री, आधारभुत औषधीको वितरण, स्वाब संकलन लगाएतका विषयमा महत्वपुर्ण निर्णय र व्यवस्था गरेको छ । गर्भवती महिलालाई अस्पताल पुर्याउन परेमा निशुल्कः एम्बुलेन्सको व्यवस्था पालिकाले गरेको छ । टोल टोलमा आधारभुत औषधी वितरणको लागि समिति बनाइएको छ । कृषकका उत्पादनलाई महामारीको समयमा पनि सहज ढंगले बिक्रीको प्रवन्ध पालिकाले मिलाएको छ । जसको लागि पालिकाले कृषि एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यस्तै पालिकाले कसैलाई कोरोना संक्रमणको सम्भावना देखिएमा तुरुन्त स्वाब परिक्षणको व्यवस्था मिलाएको जनाएको छ । आफ्नो आवश्यकता अनुसार सबैले सम्पर्क गर्न सकुन भनेर पालिकाले विषयगत रुपमा हटलाइन नम्बर सार्वजनिक गरेर जिम्मेवारीको बाँडफाँड गरेको जनाएको छ ।

वि.सं.२०७८ वैशाख २२ बुधवार ०८:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा रु ४३ लाख...

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...

भिर पहरामा मह सिकार सुरु

भिर पहरामा मह सिकार सुरु

म्याग्दी । जिल्लाका भिर पहरामा मह सिकार सुरु भएको छ...

धार्मिक पर्यटकको आकर्षक गन्तव्य बन्दै छिम्केश्वरी

धार्मिक पर्यटकको आकर्षक गन्तव्य बन्दै छिम्केश्वरी

दमौली (तनहुँ) । समुद्र सतहबाट दुई हजार एक सय ३४...