back

कहाँ चुक्दै छौ हामी ?

वि.सं.२०७८ वैशाख २३ बिहीवार

117 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

एक्लै के चिया पिउनु। यसो साथीसँग पातलो भेटमा पनी चिया सम्म त हुन्छ भन्यो, दिनभरी लगाको मास्क स्वाट्ट निकालेन चिया दुई तिन जना संगै सुरूप्प पार्यो। भोलिपल्ट साथीले भन्छ लौ न मलाई त आँखा र जिउ दुख्यो, जरो नी छ।

– घरमा बस्दा बस्दा दिक्क भइयो एकछिन आफन्तको मा पुगी हालौ न भनेर फोन गर्यो उस्लाई नी दिक्क लागेकै हुन्छ नआउ भन्ने कुरा भएन। भोली पल्ट थाहा हुन्छ परिवारको कुनै सदस्यलाई कोरोनाको पुरै लक्षण देखिएको छन । परिक्षण गर्न भर्खर गाको रिपोर्ट कुरिरहेको छौ।

– एकदमै मन मिल्ने कुरा मिल्ने मान्छे नभेटेको कति दिन भो के भो त खासै मलाई केहि लक्षण छैनन तिमीलाई नी छैन भेटौ भन्यो, भेट्यो। एकछिन कुरा गर्यो, रमायो। भोलिपल्ट बिहानै थाहा हुन्छ संगै काम गर्ने साथीलाई कोरोना भयो।

– लकडाउन छ। सरकारले सकेसम्म आवतजावत कम गर्ने भनेको छ तर मालिक र हाकिमहरूले घरबाटै गर्न सकिने काम गर्न नी कार्यालय सम्म बोलाउने। कर्मचारीहरू पनी अफिस पुगेरै काम गर्दा जितिन्छ जस्तो गर्ने। जती गरे पनी पानी खानै पर्यो। रेष्टरुम जानै पर्यो। दुईचार जना संग भेट हुन्छ नै । साँझ घर फर्किन पा को छैन कसैलाई कोरोनाको असर देखियो भन्ने खबर आउछ।

– घरमा सकेसम्म झुम्मीएर एकै ठाउँमा बस्ने, संगै खाना खाने। घरमा मास्क लाउने त कुरै भएन। हामीलाई लाग्छ घर भनेको मास्क फ्रि जोन हो। घरमा कोरोना सर्दैन झै गर्ने । यसैले एकजना संक्रमित भयो की सबै संक्रमित हुने।

–  एकपटक कोरोना भइसक्यो अब हुदैन भनेको छ या त भ्याक्सिन लाइसक्यो भनेको छ । लखरलखर हिडेको छ। कति न आफुलाई अष्ट चिरञ्जीवी ठानेको छ। खर्लङ्ग त्यती बेला हुन्छ जब भ्याक्सिनको दुइटै डोज लगाको मान्छे नी कोरोनाले संक्रमित भएछ।

– कोरोना रुघाखोकी जस्तै हो, यो यसै माफियाहरूले हौवा बनाइदिएको हो भनेर उफ्रिन कुर्लीनेहरु त्यती बेला आत्तिन्छन जव आफैलाई या आफ्नोलाई पर्छ। ठिकै छ मृत्युदर २% छ रे, त्यो दुई प्रतिशतमा आफु या आफ्ना प्रतिशत भने के हुन्छ सोच्दा बल्ल खङरङ्ग हुन्छ।

– विहा भोज भतेरमा मान्छे जम्मा हुनै पर्ने। बैशाखको महिना। दुलाहा दुलही पछीको तेस्रो मान्छे म नभै हुदैन जस्तो लाग्दछ हामीलाई।

– आफुले मनपरी गर्दै हिड्यो। कोरोना भइहाल्यो र उचीत उपचार पाइएन भने गाली गर्नलाई सरकार छदैछ।

आत्तीनु जरुरी छैन, धेरै मान्छेहरू सहजै निको भएका छन। मनोबल संगै सतर्कता उच्च राखौं। अलीकती संयमित भएर केहि समय कसैसँग नभेटेर बसौं अनी कोरोना कहर कमजोर हुदै गयो भने त पछि जीवन पुरै बाँकी छ नी। भेटौला, काम गरौला, पार्टी गरौला, भोज गरौला।

(नाेट : प्रस्तुत लेख नबिल बैंकमा नायव महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) रहेका ज्ञवालीको फेसबुकबाट साभार गरिएको हो ।)

वि.सं.२०७८ वैशाख २३ बिहीवार ०८:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD