Sansar News- Online for Global Nepali

भिरकोट नगरपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण

संसार न्यूज़
१ महिना पहिले
भिरकोट नगरपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण

स्याङ्जा, २४, वैशाख । भिरकोट नगरपालिकामा समुदाय स्तरमा कोरोना फैलिएको देखिएको छ । वैशाख २१ गते सम्भावित ३३ जना संक्रमितको स्वाब संकलन गरि परिक्षण गरिएकोमा १४ जनामा पोजेटिभ देखिएको भिरकोट स्वास्थ्य शाखाले जनाएको छ । अहिलेसम्म भिरकोट नगरपालिकामा कोरोना संक्रमित हुनेहरुको संख्या ३४ पुगेको छ ।

भिरकोट नगरपालिकाले मेयर छायाराम खनालको संयोजकत्वमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण तथा रोकथाम समिति बनाएर कामलाई अगाडि अगाडि बढाएको छ । उक्त समितिको वैशाख १९ गते बसेको वैठकले सबै वडामा जिंगल निर्माण गर्ने, टोल विकास सँस्थालाई क्रियाशिल बनाउने, बाह्य क्षेत्रबाट आएकालाई क्वारेन्टाइनको व्यवस्था गर्ने, सबैलाई मास्क अनिवार्य गर्ने लगाएतका निर्णय गरेको थियो ।

नगरपालिकाले कालिका सामुदायिक अस्पतालमा आइसोलेनसन तथा उपचारको लागि आवश्यक प्राविधिक तयारी शुरु गरेको छ भने अन्य स्वास्थ्य संस्थाहरुलाई पनि व्यवस्थित गरि तयारी अवस्थामा राखेको छ ।

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…