Sansar News- Online for Global Nepali

कविता: अहिलेको दशा

खोलाघरे साईलो,फाकफोकथुम- ४, इलाम, हाल -काठमाडौं
१ महिना पहिले
कविता: अहिलेको दशा

दशा बाजा बजाएर आउन्न भन्दथे अघि
ऐले घन्काउँदै बाजा दशा गर्दैछ जग्जगी ।

पुराना घर साना भै नयाँले छेलिएसरि
लोकभाषा पुराना पो छेलिएछन् कठैबरी !

हलुका ठान्नुले कस्तो इटालीको दशा भयो
आगो, दुश्मन औ रोग बढ्न सक्ने प्रमाण हो ।

बेलामाथि समाधान नगर्दा काम बल्झिने
पलाउनेछ अग्राख कतै रात रह्यो भने ।

आफ्नो बेला हुँदा शेखी जस्तैले पनि गर्दछ
चिप्लेकिरो झरीयामभरी सिङ उमार्दछ ।

घृणा वा दुश्मनी छुट्छन् ठुलो शङ्कटमा परे
पर्नुपर्दछ मौकामा कोढीका पनि पाउ रे ।

मर्दैन आयुको छोरो वायु लागेर तैपनि
आफ्नो मोर्चा सम्हालेमा सन्देह हुन्न क्यै पनि ।

जितिन्छ शत्रुलाई जो घरभित्रै बसीबसी
भने,ढुक्क बसे हुन्छ घरभित्रै घुँडा धसी ।

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…