Sansar News- Online for Global Nepali

कविता: काव्य शिखर प्रतिभा

दीनानाथ पोख्रेल इलाम नगरपालिका-२ सुम्बेक, इलाम
१ महिना पहिले

बगाई चम्कायौ नवरस मिठो सागर सरी ।
बहे खोल्दै आँखा सरस कविता काव्य लहरी ।।
भनून् मान्छे जेजे रस मधुरिमा साथ युगका ।
डुले आभा नौला सहज कविता कोर्न हितका ।।०१।।

बढ्यौ जम्दै अग्ली मनुज मन उठ्ने लय टिपी ।
बस्यो लेख्ने बानी सहज द्विविधाको भय झिकी ।।
म नै उम्दा लेखूँ सहज मन उठ्छन् युग गुनी ।
सबै बाधा फ्याँकी गणलय चुनी लेख्छु म पनि ।।०२।।

हट्यो कालो जालो परअपर चिन्ने मन बन्यो ।
खुल्यो आभा सङ्लो हृदय पथमा सादर डुल्यो ।।
पढी मान्छे उठ्छ्न् कविशिखरका काव्य हितका ।
जमाई पस्कन्छन् युगसमयका भाव सरिता ।।०३।।

जमी पढ्दा लक्ष्मी विधि गुण सबै बुझ्न सजिलो ।
नबुझ्दैमा लेख्दा सुरलय सही खोल्न कटिलो ।।
पढूँ उम्दा बन्दै कस मल हटी बग्छ सरिता ।
खुली लेखी बाँडूँ मनुज हितका दिव्य कविता ।।०४।।

अहा ! लक्ष्मी अग्ला कविशिखरका शौर्य प्रतिभा ।
भरूँ खुल्दै घैँटो रविकिरण भै फुर्छ कविता ।।
म ता सानो पुड्को नभतल पुगेका कवि तिनी ।
बुझी पढ्दा खुल्छन् प्रगतिलयका प्रेमिल मणि ।।०५।।

मिठा पृथ्वी वाणी सरस महिमा भाव विपुला ।
दियौ जिम्मा हाम्रै गहन मन बन्ने अति भला ।।
जमेको नौनीझैँ नवरस सुधा स्वर्णिम कला ।
खन्यौ बाटो उम्दा मन शुभ लिऊन् खुल्दछ गला ।।०६।।

उठौँ जागौँ लाग्नेसरल पथ झार्यौ अवनिमा ।
टिपून् मान्छे भाका सगरतिर लम्कून् प्रगतिमा ।।
अशिक्षाको फेरो थरथर हुँदै भाग्छ भयले ।
गरोस् मान्छे जम्मा हितसहित छानोस् मगजले ।।०७।।

कला नौला पस्की युगसमय छानूँ मन दिई ।
बजून् बाजा प्यारा प्रगतिपथ गासूँ लय लिई ।।
गमूँ सङ्लो बाटो मनुज मन नाचून् छमछमी ।
धरा आओस् ओर्ली कवि मनुजता झङ्कृत बनी ।।०८।।

छन्द :शिखरिणी

 

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…