Sansar News- Online for Global Nepali

कविता: किसान

डा. बासुदेव काफ्ले,काठमाडौं- टोखा
१ महिना पहिले
कविता: किसान

वर्षाका दिनमा हुन्छन्,
सहर्ष मनका यिनी
बाँझो यो भूमि जोतेर
उर्वरा पार्दछन् पनि

सधैँ झिसमिसे वेला,
जुट्तछन् नित्य कर्ममा
उषाकालसँगै चेत,
भर्दछन् आत्मधर्ममा

सुक्खा स्थान रहेकामा
बढ्छ चिन्ता र चिन्तन
सेवा गरेर धर्तीको,
प्राणको गर्न रक्षण

मानो फिजाउँदै पैले,
मुरीको पछि आशमा ।
पसिना जत्ति पोखिन्छ
मिठास बढ्छ गाँसमा ।

श्रमजीवी किसानैका,
पसिना खेतबारीमा
बगाई फल्छ जो अन्न,
बाँडिन्छ फाँटबारीमा ।

स्वयं बाँचेर अर्काको
प्राणको गर्न रक्षण
अहोरात्र यिनै खट्छन्
किसान हुन् विलक्षण ।

 

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…