back

गाउँपालिकाद्वारा कृषकलाई प्रोत्साहन रकम वितरण

वि.सं.२०७८ वैशाख २५ शनिवार

96 

shares
NTC AD
Global IME AD

२५ बैशाख, दमौली । तनहुँको घिरिङ गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ ।

कृषकलाई नगदे बालीतर्फ आकर्षित गराउँदै गाउँपालिकालाई लसुन र प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य सहित गाउँपालिकाले कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो ।

चालु आर्थिक वर्षको गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार कृषकलाई प्रति रोपनी रु पाँच हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार १८ कृषकलाई रु एक लाख ४२ हजार पाँच सय वितरण गरिएको छ ।

घिरिङ गाउँपालिका–१, २ र ३ का लसुन र प्याज उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम प्रदान गरिएको हो । घिरिङ गाउँपालिका–१ अत्रौलीका प्रेम थापाले आठ रोपनीमा लसुन र प्याज उत्पादन गरेबापत रु ४० हजार प्राप्त गरेका छन्। त्यस्तै तीन जना कृषकलाई दुई रोपनी, एक जना कृषकलाई डेढ रोपनी र १३ जना कृषकलाई एक रोपनीका दरले सो सुविधा प्रदान गरिएको छ ।

गाउँपालिकाले एक जना कृषकलाई आठ रोपनीको रु ४० हजार, तीन जना कृषकलाई ६ रोपनीको रु ३० हजार, एक जना कृषकलाई डेढ रोपनीको रु सात हजार पाँच सय र १३ जना कृषकलाई रु ६५ हजारका दरले प्रोत्साहन रकम वितरण गरेको छ ।

कृषक नगदेबालीतर्फ त्यति आकर्षित नभइरहेको अवस्थामा गाउँपालिकाले प्रोत्साहन रकम प्रदान गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । “नगदेबालीतर्फ आकर्षण बढाउन चालु आर्थिक वर्षबाटै यो कार्यक्रम ल्याएका हौ, आगामी वर्षपनि यसले निरन्तरता पाउँछ,” उनले भने ।

गाउँपालिकामा सानो परिमाणमा लसुन र प्याज उत्पादन गर्ने कृषक धेरै नै भएपनि व्यावसायिक रुपमा उत्पादन गर्ने कृषक कम रहेका छन् । प्रोत्साहन रकम प्राप्त गर्नका लागि न्यूनतम एक रोपनीमा उत्पादन गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ । “प्रोत्साहन रकम प्राप्त गर्नका लागि निवेदन माग गरेका थियौ, निवेदन परेपछि फिल्डमै गएर मूल्याङ्कनका आधारमा रकम प्रदान गर्ने मापदण्ड बनाइएको छ,” उनले भने ।

कृषकलाई बोयर बोका

तनहुँको व्यास नगरपालिका–१३ ले वडाभित्रका व्यावसायिक कृषकलाई बोयर बोका वितरण गरेको छ । व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका कृषकलाई सघाउने उद्देश्य सहित वडा कार्यालयले ६ जना कृषकलाई बोयर बोका शतप्रतिशत अनुदानमा वितरण गरेकोे वडा सदस्य लक्ष्मीकान्त मिश्रले जानकारी दिए । उनका अनुसार भानु नगरपालिका–५ स्थित प्रकाश एग्रिकल्चर प्रालिबाट खरिद गरी कृषकलाई वितरण गरिएको हो । यो कार्यक्रमका लागि वडा कार्यालयले रु दुई लाख बजेट विनियोजन गरेको थियो ।
रासस

वि.सं.२०७८ वैशाख २५ शनिवार ०९:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पोखरामा भएको सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

पोखरामा भएको सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की । पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ...

गोरखाका यी पाँच पालिकाले सार्वजनिक पदमा रहेका व्यक्तिलका लागि गरे यस्तो निणर्य…

गोरखाका यी पाँच पालिकाले सार्वजनिक पदमा रहेका व्यक्तिलका लागि गरे यस्तो निणर्य…

गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले...

मान्छेसँग बोल्लान् झै लाग्ने खालका ढुङ्गाको आकृतिले पर्यटकलाई तान्दै

मान्छेसँग बोल्लान् झै लाग्ने खालका ढुङ्गाको आकृतिले पर्यटकलाई तान्दै

दमौली (तनहुँ) । नुवाकोटको विदुर नगरपालिका–११ वासुदेव अवस्थीलाई पहिलोपटक ऐनापहरा...

एक रुपैयाँ बचतबाट बन्यो आमा समूहको आठ करोडको पुँजी

एक रुपैयाँ बचतबाट बन्यो आमा समूहको आठ करोडको पुँजी

तनहुँ । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले...

मेलाका गीत ‘एक पैसो कैलेलाई ? चैतेदसैँलाई…’

मेलाका गीत ‘एक पैसो कैलेलाई ? चैतेदसैँलाई…’

गण्डकी । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

ढोरपाटन (बागलुङ) । आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका...