back

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका सवारी साधन कोरोना संक्रमित बोक्न प्रयोग गरिने

वि.सं.२०७८ वैशाख २६ आइतवार

117 

shares
NTC AD
Global IME AD

२६ बैशाख, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं कार्यालय प्रयोजनका लागि प्रयोग गरिने सवारी साधन कोरोना संक्रमित विरामीलाई बोक्न प्रयोग गरिने भएको छ ।
विश्व व्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरिएन्टसहितको कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या दोगडाकेदार गाउँपालिकामा समेत बढिरहेको अवस्थालाई मध्येनजर गर्दै यस्तो निर्णय गरिएको गाउँपालिकाद्धारा जारी सूचनामा जनाईएको छ ।

उक्त सूचना अनुसार उक्त सेवाका लागि एम्बुलेन्सका लागि विर सिंह ऐरी ९८६५७९२६७६, टिपरका लागि कृष्ण सिंह महरा ९८४८८९९६५६, बोलेरोका लागि धन सिंह कार्की ९८६५९८००५५ र कारका लागि लक्ष्मण प्रसाद जोशीको ९८४८४०८१७४ मा सम्पर्क गरेर सेवा लिन सकिने पालिकाले जनाएको छ ।

दोगडा केदारमा हाल १२ जना कोरोना संक्रमित रहेकोमा एकजना गम्भीर विरामीलाई जिल्ला अस्पतालमा पठाइएको पालिका अध्यक्ष चक्र बहादुर कार्कीले बताएका छन् । अध्यक्ष कार्कीका अनुसार अन्य सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

‘१०–१५ दिन अगाडि पालिकाका २ जनाको भारतबाट आउँदै गर्दा मृत्यु भएको छ । अन्य १२ जनामा एकजनाको अवस्था गम्भीर रहेकोले जिल्ला अस्पतालमा पठाइसकेका छौं भने अन्य ११ जनाको सामान्य अवस्था रहेको छ ।’ अध्यक्ष कार्कीले संसारन्युजसँग भने ।

अध्यक्ष कार्कीका अनुसार पालिकामा २ जना डाक्टरसहित २४ बेडसहितको कोरोना अस्पताल निर्माण गरिएको छ । जसमा हाल दुईवटा अक्सिजन सिलिण्डर मात्र रहेका छन् । ‘अन्य सिलिण्डरको जोहो गर्न खोजिरहेका छौं तर पाइएको छैन ।’ अध्यक्ष कार्कीले भने ।

त्यस्तै पालिकाले कोरोना तथा अन्य स्वास्थ्यका विषयमा परामर्श लिनु परेमा निम्न नम्बरमा फोन गरेर सल्लाह लिन सकिने सूचना समेत जारी गरेको छ ।

No photo description available.

No photo description available.

 

 

वि.सं.२०७८ वैशाख २६ आइतवार ०७:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उपनिर्वाचनमा उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक

उपनिर्वाचनमा उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक

चैनपुर (बझाङ) । शनिबार हुने प्रदेशसभा १(१) को निर्वाचनका लागि...

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला...

यस वर्ष सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको अभाव नहुने !

यस वर्ष सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको अभाव नहुने !

गोदावरी (कैलाली) । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले...

भन्सार कार्यालयद्वारा पाँच अर्ब राजस्व सङ्कलन

भन्सार कार्यालयद्वारा पाँच अर्ब राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले नौ महिनामा रु...

कतारका अमिरको भ्रमणमा विपीन रिहाइ पनि मुद्धा उठाइन्छ प्रचण्ड  : प्रधानमन्त्री प्रचण्ड

कतारका अमिरको भ्रमणमा विपीन रिहाइ पनि मुद्धा उठाइन्छ प्रचण्ड : प्रधानमन्त्री प्रचण्ड

महेन्द्रनगर (कञ्चनपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कतारका अमिरको नेपालको...

प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

महेन्द्रनगर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई...