Sansar News- Online for Global Nepali

‘जनप्रतिनिधि खटिने भनेकै यस्तै बेलामा हो, महामारीदेखि डराउन मिल्दैन्’

संसार न्यूज़
१ महिना पहिले
‘जनप्रतिनिधि खटिने भनेकै यस्तै बेलामा हो, महामारीदेखि डराउन मिल्दैन्’

वैशाख २९, काठमाडाैं । आज देशमा कोरोना महामारीको दोस्रो लहर फैलिएको छ । दाेस्राे लहरमा पुनः हजाराैँ नेपालीहरु कोरोना संक्रमित भएका छन् । सयौंले ज्यान गुमाइसकेका छन् । आज देशका अस्पतालहरु कोरोना संक्रमितहरुले भरिएको छ । संक्रमित बिमारीहरुले अक्सिजन, आइसियु र भेन्टिलेटरको सुविधा पाएका छैनन् । कोरोना रोकथामको पहिलो क्षेत्र भनेकै परिवार र समाज हो । समाजमा कोरोना संक्रमणको अवस्था कस्तो छ र पालिकाहरु कसरी जुधिरहेका छन् ? प्रस्तुत छ, यस्तै विषयमा सन्सार न्यूजले भिरकोट नगरपालिकाका मेयर छायाराम खनालसँग गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको पालिकाभित्र कति जनाको पिसिआर परिक्षण भयो ?

अहिलेसम्म भिरकोट नगरपालिका भित्र २५७ जनाको पिसिआर परिक्षण गरिएको छ । अहिलेसम्म हामीले लक्षण देखिएकालाई बोलाएर वा घरमै गएर परिक्षण गर्ने गरेका छौं ।

कति जना मानिसलाई कोरोना संक्रमण देखिएको छ ?

हामीले यहिँबाट र बाहिरबाट गरेको परिक्षणबाट ४० जनालाई पोजेटिभ देखिएको छ ।

संक्रमितहरुको अवस्था कस्तो छ ?

अहिलेसम्म संक्रमण देखिएकामध्ये १ जनाको हिजो मृत्यु भएको छ । उहाँ भारतबाट आउनुभएको ६२ वर्ष उमेरको हुनुहुन्थ्यो । अहिले पोखरामा २ जना र १ जना स्याङ्जामा आइसियुमा उपचाररत अवस्थामा हुनुहुन्छ । १ जना आइसियुबाट डिस्चार्ज भएर आउनुभयो । त्यस्तै २ जना कोरोना संक्रमण पुष्टि नभएका चेक गर्न जाने भनेर लाग्दैगर्दा बाटोमा नै बित्नुभयो । अरु संक्रमितहरुको अवस्था सामान्य रहेको छ ।

हामीले प्राविधिकको सल्लाह अनुसार २४ वटा सिलिण्डर जोड्यो भने ५० जना बिमारीलाई पाइपकै माध्यमबाट एकैपटकमा दिन सकिने रहेछ । यो प्रकारको प्रविधिलाई हामीले आजबाट जोड्ने कामको शुरुवात गरेका छौं । यसको लागि जिल्ला कोभिड नियन्त्रण तथा रोकथाम समिति र प्रदेश सरकार दुवैले सहयोग गरेका छन् ।

संक्रमितहरु कहाँ कसरी बसिरहेका छन् ?

उपचाररत बाहेकका २४ जना सबै संक्रमितहरु होम आइसोलेसनमा बस्नुभएको छ । उहाँहरुको अवस्था सामान्य हुँदै गएको छ । स्वास्थ्यकर्मीबाट उहाँहरुलाई नियमित फ्लो गर्ने र काउन्सिलिङ दिने कामको प्रबन्ध मिलाएका छौं । उहाँहरुलाई जटिल अबस्था सिर्जना भयो भने तुरुन्तै अस्पताल लैजाने व्यवस्था मिलाएका छौं ।

अहिलेसम्म हामीले विमारीको अवस्था जटिल भयो भने जिल्लामा भएसम्म जिल्लामा पठाउने त्यहाँ नभएमा पोखरा पठाउने कुराको समन्वय गरिरहेका छौं ।

आइसोलेसन वा अस्थाई अस्पतालको व्यवस्था गर्नुभएको छ ?

आइसोलेसन तथा प्रारम्भिक उपचारको लागि हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा ५० सैयाको व्यवस्था मिलाउँदैछौं । जसको लागि साना ठुला गरेर अहिलेसम्म हामीसँग ५० वटा अक्सिजन सिलिण्डर पनि रहेका छन् । मुख्य कुरा हामीसँग जनशक्तिको अभाव भयो । त्यसैले त्यसको लागि हामीले जिल्ला र प्रदेश सँग सहयोग मागेका छौं । जसअनुसार उहाँहरुले काजमा भएपनि जनशक्ति उपलब्ध गराउने प्रतिद्धता जनाउनुभएको छ । त्यसैले अहिले रंगरोगन र तयारीको काम भइरहेको छ । करिब काम अन्तिम भएको अब लगत्तै आवश्यकता अनुसार सञ्चालन गर्न सक्ने अवस्था भएको छ ।

आइसोलेसनको लागि महत्वपुर्ण आवश्यकता अक्सिजन हो । त्यसको लागि अहिले प्लान्ट निर्माण गर्न समय कम होला । हामीले प्राविधिकको सल्लाह अनुसार २४ वटा सिलिण्डर जोड्यो भने ५० जना बिमारीलाई पाइपकै माध्यमबाट एकैपटकमा दिन सकिने रहेछ । यो प्रकारको प्रविधिलाई हामीले आजबाट जोड्ने कामको शुरुवात गरेका छौं । यसको लागि जिल्ला कोभिड नियन्त्रण तथा रोकथाम समिति र प्रदेश सरकार दुवैले सहयोग गरेका छन् ।

प्रारम्भिक औषधीको केहि व्यवस्था गर्नुभएको छ ? कसरी गर्नुभएको छ ?

गरिएको छ । संक्रमितहरुलाई आवश्यकताको आधारमा स्वास्थ्य सँस्था मार्फत प्रारम्भिक प्रकारका औषधीहरु दिने व्यवस्था मिलाएका छौं । उहाँहरुले औषधी प्राप्त गरिरहनुभएको छ ।

बाहिरबाट आउनेहरुलाई क्वारेन्टाइनको के व्यवस्था गर्नुभएको छ ?

गाउँमा आउने नयाँ मान्छेहरुको विषयमा सुचना अद्यावधिक गर्नको लागि हामीले टोल विकास समिति र वडा समितिलाई सक्रिय बनाएर विशेष जिम्मेवारी दिएका छौं । टोल विकास सँस्थाका संयोजकहरुलाई नियमित समन्वयको लागि सञ्चार खर्च पनि उपलब्ध गराएका छौं । उहाँहरुलाई वडा सचिवले परिचालन गर्ने, वडा समितिले संयोजन गर्ने काम गर्छ ।

No description available.

हामीले स्वास्थ्यकर्मीलाई चौबिसै घण्टा प्राथमिक उपचार र समन्वयको लागि सतर्क अवस्थामा राखेका छौं । उहाँहरु आवश्यकताअनुसारको परामर्श उपलब्ध गराउने र सम्बन्धित ठाउँमा नै पुग्न पर्ने अवस्थामा पुग्ने काम गर्नुहुन्छ । प्रहरी र स्वास्थ्यकर्मीलाई सवारी साधन उपलब्ध गराएका छौं । त्यस्तै २ वटा एम्बुलेन्स तयारी अवस्थामा रहेका छन् ।

बिमारीहरुलाई उपचार गर्न, अस्पताल पुग्न र सवारी साधन व्यवस्थाको लागि पालिकाले के गरेको छ ?

हामीले स्वास्थ्यकर्मीलाई चौबिसै घण्टा प्राथमिक उपचार र समन्वयको लागि सतर्क अवस्थामा राखेका छौं । उहाँहरु आवश्यकताअनुसारको परामर्श उपलब्ध गराउने र सम्बन्धित ठाउँमा नै पुग्न पर्ने अवस्थामा पुग्ने काम गर्नुहुन्छ । प्रहरी र स्वास्थ्यकर्मीलाई सवारी साधन उपलब्ध गराएका छौं । त्यस्तै २ वटा एम्बुलेन्स तयारी अवस्थामा रहेका छन् । अहिले सम्म अवस्था जटिल देखिएको छैन् तर जटिल अवस्था सिर्जना हुन पुग्यो भने थप स्रोत साधन जुटाउने अवस्थामा हामीहरु रहेका छौं ।

तपाईंको नेतृत्वमा रहेको पालिकाको टिम कोभिड नियन्त्रणमा कसरी परिचालन गर्नुभएको छ ?

मेरो अध्यक्षतामा उपप्रमुख सहित ९ वटा वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघ, रेडक्रस लगायत संघसँस्थाहरुको प्रतिनिधित्व गराएर समिति निर्माण गरेका छौं । त्यसको बैठक राखेर हामीले हामीले कामलाई अगाडि बढाएका छौं । त्यस्तै प्रकारको समिति हामीले वडा स्तरमा पनि निर्माण गरेका छौं, जसमा वडा अध्यक्षले समितिको नेतृत्व गरेर काम गर्नुभएको छ ।

कोरोना महामारीको नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाको कारणले रोजगार गुमाएर आधारभुत जिवनमा असर परेकाहरुलाई कसरी सहयोग गर्दै हुनुहुन्छ ?

हामीले गतसाल लकडाउनको क्रममा औसतमा पिडितहरुलाई सहयोग उपलब्ध गरायौं । यसपटक निषेधाज्ञाको कारणले समस्यामा पर्ने अवस्था कोहि भयो भने त्यसको सुचना टोल विकास सँस्था हुँदै आउँछ । हामीले समस्यामा परेको परिवारलाई तुरुन्त सहयोग उपलब्ध गराउँने काम गछौं । त्यसको लागी नगरपालिका तयारी अवस्थामा रहेको छ । तर अहिले सम्म त्यस्तो प्रकारको समस्या आइसकेको छैन् ।

यस्तो महामारीमा हामी सचेततापुर्वक जनताको सेवामा खटिनु पदर्छ । हामीले हिम्मत नगरि पनि हुँदैन यस्तो समयमा । त्यसमाथि हामीले कामको राम्रोसँग बाँडफाँड गरेका छौं । आवश्यकताको आधारमा आफु खट्नुपर्ने क्षेत्रमा स्वास्थ्य मापदण्ड अपनाएर खट्नुपर्छ । डराएर हामी जनप्रतिनिधि नै पछाडि हट्यौं भने त झन अवस्था कहाँ पुग्छ ?

तपाईं आफैं दमको बिमारी हुनुहुन्छ, कोरोना महामारी सँग जुद्धै काम गर्दा डर लागेको छैन ?

मलाई त डर लाग्दैन् । यस्तो महामारीमा हामी सचेततापुर्वक जनताको सेवामा खटिनु पदर्छ । हामीले हिम्मत नगरि पनि हुँदैन यस्तो समयमा । त्यसमाथि हामीले कामको राम्रोसँग बाँडफाँड गरेका छौं । आवश्यकताको आधारमा आफु खट्नुपर्ने क्षेत्रमा स्वास्थ्य मापदण्ड अपनाएर खट्नुपर्छ । डराएर हामी जनप्रतिनिधि नै पछाडि हट्यौं भने त झन अवस्था कहाँ पुग्छ ? त्यसैले हामी डराउने भन्ने कुरा नै हुँदैन् ।

अन्त्यमा, स्थानीयलाई तपाईँले के भन्नु छ कि ?

यो अवस्थामा खासगरी सबैले घट्नाक्रमको सुचना हामीलाई नियमित रुपमा टिपाइदिनु पर्यो । जसले गर्दा कहाँ के अवस्था भैरहेको छ भन्ने कुराको समयमा नै जानकारी पाएर आवश्यक कदम चाल्न सकियोस । समस्याको शुरुमा नै जानकारी पाउन सकिएमा त्यसको सहज निराकरण गर्न सकिन्छ । अन्यथा कोरोना संक्रमणको विषयलाई सामान्य रुपमा लिएर समय गुजार्दा त्यसले पछि सिर्जना गर्नसक्ने समस्याको सामाधान गर्न गाह्रो हुन सक्छ । त्यसैले मैले भिरकोटबासी समुदायलाई संक्रमणको विषयमा कुनै शंका लागेमा प्राथमिक अवस्थामा नै विभिन्न माध्यमबाट सुचना उपलब्ध गराउन अनुरोध गर्दछु । त्यस्तो अवस्थमा हामीले समस्यालाई सहि ढंगले समाधान गर्न सक्षम हुन्छौं भन्न चाहन्छु ।

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…