back

एमाले बैठक : माधव पक्षीय नेताहरुमाथि गरिएको कारबाही फिर्ता

वि.सं.२०७८ वैशाख ३० बिहीवार

114 

shares
NTC AD
Global IME AD

वैशाख ३०, काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षीय नेताहरुमाथि गरिएको कारबाही फिर्ता लिएको छ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले कारबाही फुकुवा गर्ने निर्णय लिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेता नेपालसहित उनी पक्षीय नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गरिएको थियो ।

सर्वोच्च अदालतले नेकपा (एमाले)लाई साबिक अवस्थामा फर्काए लगत्तै फागुन २८ मा आफुँ पक्षीय केन्द्रीय कमिटीको बैठक राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विधान संशोधन, केन्द्रीय समिति विस्तार र माधव नेपालसहित उनी पक्षीय पदाधिकारीहरुको जिम्मेवारी खोस्ने काम गरेका थिए । त्यसयता ओलीले एक पक्षीय बैठक बोलाउँदै एकपक्षीय रुपमा निर्णयहरु गर्दै आएका छन् ।

ओलीको एकपक्षीय निर्णयका विरुद्व राष्ट्रिय कार्यकर्ता भेलामार्फत छलफल अगाडि बढाएको माधव पक्षलाई चैत ७ को बैठकमार्फत ओलीले स्पष्टीकरणसहितका कारबाही अगाडि बढाएका थिए । उनले स्पष्टीकरणपश्चात निलम्बन गरेका हुन् ।

माधव पक्षले भने सुरुदेखि नै सर्वोच्चको आदेशअनुसार एमाले २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने माग गर्दै आएको छ । माधव पक्षले फागुन २८ र त्यसपछि ओली पक्षले गरेका सबै बैठक र त्यसका निर्णय फिर्ता हुनुपर्ने माग गर्दै आएको छ ।

वैकल्पिक सरकार निर्माणबारे दलहरुबीच छलफल चलिरहेको बेला ओलीले गरेको कारबाही फुकुवालाई अर्थपूर्णँ रुपमा हेरिएको छ ।

वि.सं.२०७८ वैशाख ३० बिहीवार ११:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...