Sansar News- Online for Global Nepali

सबै कुरा छोडेर जनता बचाउने तर्फ लाग्नु अहिलेको प्राथमिकता हो

घनश्याम सुवेदी, अध्यक्ष, फेदीखोला गाउँपालिका, स्याङ्जा
४ हप्ता पहिले
सबै कुरा छोडेर जनता बचाउने तर्फ लाग्नु अहिलेको प्राथमिकता हो

कोराना महामारीको दोस्रो लहरले पुरै देश आक्रान्त भएको छ । देशको अधिकांश क्षेत्रमा संक्रमणको चेन तोड्नको लागि जिल्ला कोभिड नियन्त्रण केन्द्रहरुले निषेधज्ञाको घोषणा गरेका छन् । संघीय गणतन्त्रात्मक व्यवस्थाको तल्लो निकाय स्थानीय सरकारहरुले महामारी कसरी लिएका छन् र कस्तो काम गरिरहेका छन् भन्ने सन्र्दभमा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीसँग हामीले केहि जिज्ञासा राखेका छौं । गाउँपालिका अध्यक्ष सुवेदीसँग गरिएको कुराकानीको सम्पादित अंश :

फेदिखोला गाउँपालिकामा महामारीको प्रभाव कस्तो रहेको छ ?

हाम्रो पालिकाभित्र अहिलेसम्म ३७ जना कोरोना संक्रमित हुनुभएको छ । यसमध्ये १ जनाले पालिकाद्वारा सञ्चालित आइसोलेसनमा उपचार गराइरहनुभएको छ । अरु होम आइसोलेसनमा रहनुभएको छ ।

हाम्रो पालिकाको तर्फबाट उपचारको लागि रिफर गरेको मध्य एकजनाको मृत्यु भएको छ । उहाँ ६२ वर्षकी महिला हुनुहुन्थ्यो । यस्तैगरि पोखरामा बस्दै आउनुभएका २ जना र काठमाडौं बस्दै आउनुभएका १ जनाको मृत्यु भएको छ ।

पालिकाभन्दा बाहिरबाट आउनुभएका व्यक्तिहरु होम क्वारेन्टाइनमा हुनुहुन्छ । अहिले बाहिरबाट मात्रै आएका ४० जना होम क्वारेन्टाइनमा छन् ।

पोखराको नजिक र राजमार्गसँग जोडिएको भूगोल भएको हुनाले संक्रमण विस्तार हुने जोखिम निकै रहेको छ । यसलाई मध्यनजर गरेर हामीले कन्ट्रयाक ट्रेसिङको आधारमा पनि परिक्षणलाई अगाडि बढाएका छौं । पहिलो चरणको कन्ट्रयाक ट्रेसिङको रिपोर्टमा समुदाय स्तरमा कोरोना फैलिसकेको देखिएन फेरि हामीले दोस्रो चरणको ट्रेसिङका आधारमा परिक्षण गरेका छौं यसको नतिजा आउन नै बाँकि रहेको अवस्था छ ।

महामारीका विरुद्धमा कसरी लडिरहनुभएको छ ?

हामीले २० वटा बेड तयार गरेर अक्सिजनको समेत व्यवस्था गरेका छौं । हामीले अहिले सम्म सामान्य अक्सिजन मात्रै दिनुपर्ने अवस्थाको विमारीलाई आइसोलेसनमा राखेर उपचार गरेका छौं । विमारीलाई अप्ठ्यारो भएमा पोखराका सम्बन्धित अस्पतालमा रिफर गर्ने गर्छौं । जसको लागि हामीले कोभिड विमारी मात्रै बोक्ने भनेर पनि थप एउटा एम्बुलेन्सको व्यवस्था गरेर काम गरेका छौं ।

हामीले स्वास्थ्य चौकी प्रमुखको नेतृत्वमा प्रत्येक वडामा हाउस होल्ड सर्भिस टिम भनेर बनाएका छौं त्यस टिमको तर्फबाट दिनको दुइपटक वार्डस्तरमा भिजिट गरेर निगरानी गर्ने गरेका छौं । होम आइसोलेसनमा बस्ने संक्रमितहरुलाई लक्षित गरेर हामीले पालिकाको तर्फबाट एउटा किट बक्स बनाएका छौं । जसमा थर्मोमिटर, मास्क, सेनिटाइजर, भिटामिन बी, भिटामिन सी, भिटामिन डी, जिंक चक्की र एउटा कोरोना संक्रमण सम्बन्धि निर्देशिका समावेश गरेका छौं ।

हामीले पोखरामा विभिन्न किसिमले बस्दै आउनुभएका कोरोना संक्रमित हुनुभएकालाई एम्बुलेन्सको सहायताले घरमै ल्याएर होम आइसोलेसनमा राख्ने व्यवस्था पनि गरेका छौं ।

अहिले निषेधज्ञाको समयमा जिंगलको निर्माण गरेर टोलटोलमा पुगेर साउन्ड सिस्टमको सहायताले जनचेतना सञ्चालन गर्ने काम पालिकाले गरेको छ ।

निषेधाज्ञाको समयमा पालिकाको तर्फबाट प्रशासानिक तथा सामाजिक कृयाकलापहरुमा के कस्ता सहजिकरणका कार्यक्रमहरु सञ्चालन भएका छन् ?

सामान्य प्रशासनीक कामहरुलाई एक साताको लागि हामीले सूचना प्रकाशित गरेर स्थगित गरेका छौं । तर स्वास्थ्यसँग सम्बन्धित कामहरु भने यथावत रुपमा नै अगाडि बढ्छन् । किनकी हाम्रोमा ८० प्रतिशतभन्दा धेरै कर्मचारी पोखराबाट आउने र ठुलो संख्याका सेवाग्राही पनि पोखराबाट आउने अवस्था छ । अहिलेको अवस्थामा धेरै संक्रमण कास्कीमा देखिएको छ । यसैकारणलाई ख्याल गरेर हामीले साधारण प्रशासनिक कामहरुलाई रोकेका छौं ।

कृषि एम्बुलेसमार्फत किसानहरुको उत्पादनलाई बजारसम्म पुर्याएर बेच्ने कामको व्यवस्था मिलाएका छौं । यतिवेला तरकारी बाहिरबाट पनि आएको अवस्था छैन् । एम्बुलेन्सको सहायताले वाड वार्डमा पुर्याएर पनि बेच्ने व्यवस्था पनि मिलाएका छौं । यसरी किसानको उत्पादनलाई बिक्री गर्दा न्युनतम समर्थन मुल्य र उत्पादनमा आधारित अनुदानको विषयलाई पनि शमावेश गर्ने गरि तथ्यांक राख्ने प्रवन्ध मिलाएका छौं ।

गर्भवती महिलाहरुको अवस्था मोबाइल एपको आधारमा जानकारी लिएर अहिलेको अवस्थामा नियमित स्वास्थ्य परिक्षणको लागि पालिकाले निशुल्कः एम्बुलेन्सको व्यवस्था गरेर सुविधा उपलब्ध गराउने काम गरेको छ ।

कोरोना महामारी व्यवस्थापनको लागि नियमित शिर्षकबाट नै खर्च व्यवस्थापन गर्नुभएको छ कि रकमान्तर गरेर काम गर्नुभएको छ ?

हामीले महामारीलाई मध्यनजर गरेर नै बजेटमा कोभिड व्यवस्थापन खर्चको व्यवस्था गरेका थियौं । अहिलेसम्म त्यहि शिर्षकबाट खर्चको व्यवस्था गरेका छौं । अरु सबै कुरा छोडेर जनता बचाउने तर्फ लाग्नु अहिलेको प्राथमिकता हो । त्यसैले अब महामारीको स्थिति बढ्दै गयो भने जनता बचाउनको लागि हामीले अन्य क्षेत्रबाट पनि खर्चको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

महामारीसँग थप लडाईं लड्न संघ र प्रदेश सरकार सँग सुझाव वा आग्रह के रहेको छ ?

अहिले हामीले आइसोलेसनमा अक्सिजन पाइपलाईनबाट जोड्ने प्राणाली निर्माण गर्ने काम अगाडि बढाउँदैछौं । जसको लागि प्रदेश सरकारले हामीलाई ५ लाख अनुदान दिने आश्वासन दिएको छ । तर त्यो पैसा लिनको लागि निकै झन्झटिलो प्रक्रिया छ । जसको लागि नै असार मसान्त सम्म लाग्ने देखिन्छ । त्यो कुर्ने अवस्थासम्म यहाँ संक्रमितको मृत्यु हुने अवस्था सिर्जना हुन्छ । अर्को संघ सरकारले त हामीलाई अहिलेसम्म कुनै पनि प्रकारको सहयोग गरेको छैन् ।

अहिले मुख्य कुरा अक्सिजनको अभावको कारणले नै मानिस मरिरहेको छ । स्याङ्जाबाट पोखरा लैजाने क्रममा नै धेरै मानिसहरुको मृत्यु भइरहेको छ ।

जिल्ला अस्पतालमा आइसियु भेन्टिलेटर छैन् । प्रदेश सरकारले तुरुन्त भौतिक पुर्वाधार निर्माण गरेर जनशक्तिको व्यवस्थापन गर्नपर्यो । भएका अस्पतालहरुमा जनशक्तिको अभावको कारणले अक्सिजनको मात्रै प्रयोग गर्ने सम्बन्धमा पनि समस्या छ । सरकारले स्थानीय तहले व्यवस्थापन गर्नु त भनेको छ तर, सबै स्थानिय तहको अस्पतालमा एमबिबिएस डाक्टर जाँदैनन् । त्यसैले प्रदेश सरकारले जिम्मेवारी लिएर स्थानिय तहका अस्पतालमा जनशक्ति पठाउने व्यवस्था गर्न आवश्यक छ ।

संघीय सरकारले ठुला खालका संरचना र प्रविधि हरेक क्षेत्रमा पहुँच हुने खालको व्यवस्थाको लागि काम अगाडि बढाउन पर्ने देखिन्छ । अहिले अक्सिजन सिलिण्डर आएको छ । तर वितरण प्रणाली पारदर्शी देखिएको छैन् । पहुँचको आधारमा पनि भैरहेको जस्तो देखिन्छ । सरकारले अब छिट्टै बजेट पनि ल्याउँदैछ, त्यसमा स्वास्थ्य संस्थाहरुलाई मजबुत बनाउने खालको कार्यक्रम समावेश गर्न आवश्यक छ ।

महामारीलाई मध्यनजर गरेर अबको समयमा कसरी अगाडि बढियो भने सफलता प्राप्त गर्ने देख्नुभएको छ ?

अरु भौतिक पक्ष र जनशक्ति भन्दा पनि प्राथमिक विषय भनेको आम जनतालाई सबैभन्दा पहिला सचेत बनाउन जरुरी छ । अझै नियमहरु थप कडा बनाएर निषेधाज्ञाको अवस्था कायमै राख्नुपर्ने हुन्छ । हामीले सचेतनाको लागि युवा क्लब र शिक्षकहरुलाई प्रयोग गर्दैछौं । आजबाट हामीले उहाँहरुलाई प्रचार प्रसारको जिम्मेवारी दिएका छौं । पालिकाले निर्माण गरेको प्रचार सामाग्री लिएर उहाँहरु गाउँ गाउँमा सचेतना प्रसार गर्न जानुहुन्छ ।

अर्को एउटा महत्वपुर्ण काम द्रुत गतिमा एन्टिजिनको परिक्षण हुन सक्छ । दिर्घकालिन हिसाबले हामीले जिल्लामा अक्सिजन प्लान्ट निर्माण गर्ने भनेर निर्णय गरेका छौं । स्थानिय स्वास्थ्य संस्थालाई थप मजबुत बनाउँदै तयारी अवस्थामा राख्ने काम गर्न आवश्यक छ ।

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…