Sansar News- Online for Global Nepali

राजावादी र मधेशवादीसँग गठबन्धन गराउँदै ओली, विपक्षीलाई हुनसक्छ चुनौति

समर शर्मा
२ हप्ता पहिले
राजावादी र मधेशवादीसँग गठबन्धन गराउँदै ओली, विपक्षीलाई हुनसक्छ चुनौति

जेठ १६, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विपक्षी गठबन्धनलाई चुनौति दिने गरि राजावादी र मधेशवादीसँग गठबन्धन बनाउने कोसिसमा लागेका छन् । उनी जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह र कमल थापा नेतृत्वको राप्रपासँग मिलेर गठबन्धन बनाउन खोजेका हुन् ।

ओलीले यो गठबन्धनलाई चुनावी अभियानसम्म अगाडि सार्ने योजना बनाएका छन् । जसका लागि ओलीले हिन्दुवादी र मधेशवादीलाई प्रभावित बनाउने गरि योजनाहरु अगाडि सारेका छन् । शनिबार सार्वजनिक बजेटमा पनि उनले हिन्दुवादी र मधेशवादीलाई खुसी पार्ने कार्यक्रम ल्याएका थिए ।

यसअघि मधेशवादीका मागअनुसार उनले मधेश आन्दोलनका क्रममा गिरफ्तार सयौं नेता तथा कार्यकर्तालाई रिहाई गराएका थिए । साथै ओलीले नागरिकतासम्बन्धी प्रावधानलाई संशोधन गर्न नागरिकतासम्बन्धी अध्यादेश ल्याएका थिए ।

बजेटमार्फत हिन्दुवादीलाई खुसी पार्ने प्रयास

शनिबार अध्यादेशमार्फत सार्वजनिक गरिएको बजेटमा ओलीले हिन्दुवादीलाई प्रभावित पार्ने कोसिस गरेका छन् । उनले हिन्दुवादीको मागअनुसार मठमन्दिर क्षेत्रको विकासमा अरबौं बजेट छट्याएका छन् ।

हालै पशुपति मन्दिरमा झण्डै १ अर्ब मुल्य बराबरको सुनको जलहरी हालेका ओलीले पुनः पशुपति क्षेत्रको लागि ३५ करोड विनियोजना गराएका छन् । पशुपति क्षेत्र विकासको लागि छुट्याएको ३५ करोड पशुपतिमा पूर्वाधारको विकासका लागि खर्चिने छ ।

ओलीले पशुपतिसँगै अयोध्यापुरीमा राम मन्दिर निर्माणको लागि पनि ठूलो बजेट छुट्याएका छन् । जसलाई उनले क्रमागत योजनामा राखेका छन् । बजेटमा १ अर्बभन्दा बढि रकम लुम्बिनी गुरुयोजनाका लागि पनि छुट्याइएको छ ।

ठाकुर र थापासँग सत्ता साझेदारीसम्मको गृहकार्यमा ओली

गठबन्धन निर्माणमा जुटेका ओली मधेशवादी र राजावादीसँग तत्कालै सत्ता साझेदारी गर्ने गरि गृहकार्यमा जुटेका छन् । जसका लागि उनले छलफलहरुलाई निर्णायक तहमा अगाडि बढाएका छन् ।

१० वटा मन्त्रिसहित महन्थ ठाकुर पक्षलाई सत्तामा ल्याउन ओलीले गरेको प्रस्ताव उनी निकटबाटै सार्वजनिक भएको थियो । ओलीले ८ फुल मन्त्री र २ राज्यमन्त्रीसहित ठाकुर पक्षलाई सत्ता साझेदारीको प्रस्ताव गरेका छन् ।

यता कमल थापा नेतृत्वको राजवादी तथा हिन्दुवादी पार्टी राप्रपालाई पनि सरकारमा आउन ओलीले आग्रह गरेका छन् । जुन विषयमा उनीहरुबीच पटक–पटक संवादसमेत भएको छ । पछिल्लो पटक जेठ १० मा भएको घण्टौं लामो गोप्य भेट ओली निकटस्थले नै सार्वजनिक गरेका थिए । विघटित प्रतिनिधि सभामा १ सिट भएको राप्रपासँग ओलीको हिन्दुवादी एजेण्डा मिल्दछ ।

यसअघि ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पनि सहकार्यको प्रस्ताव राखेको कुरा बाहिरिएको थियो । एजेण्डागत विषयमा सहमती नबन्दा प्रस्ताव अगाडि नबढेको बताइएको छ ।

‘भारतको डिजाईनमा ओलीसहितको गठबन्धन’

प्रतिनिधि सभा विघटन र मध्यावधी चुनावको घोषणा गरेका ओलीका कदम भने अन्यौंलपूर्णं छन् । उनी चुनाव गराउन चाहन्छन् या अन्य केहि स्पष्ट छैन् । विपक्षी दलहरुले उनको कदमलाई निकै आशंकापूर्णं रुपमा व्याख्या गरिरहेका छन् ।

उनका शंकापूर्णं कदमहरुबारे निकै प्रश्नहरु उठिरहेका बेला छिमेकी देश भारतका राजनीतिज्ञ तथा विश्लेषकहरुका गम्भिर टिप्पणीहरु पनि सार्वजनिक भईरहेका छन् । भारतीय जनता पार्टीका प्रभावशाली नेता सुब्रमन्यम स्वामीले ओली नै भारतको रोजाई भएको कुरा सार्वजनिक रुपमै व्यक्त गरेका छन् । उनले प्रचण्डलाई कुनै हालतलाई अगाडि सार्न नहुने पनि बताएका छन् ।

भारतमा नेपालसम्बन्ध हेर्ने पूर्वराजदुत रञ्जित रेले पनि ओलीलाई भारतले दरिलो साथ दिएको बताएका छन् । उनले भारतको चाहना ओलीबाटै पुरा हुने पनि स्पष्ट पारेका छन् । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समार्फत लेख सार्वजनिक गर्दै उनले ओलीको पक्षमा गठबन्धन बनाउन भारत लागिरहेको बताएका छन् ।

सुब्रमन्यम स्वामी, रञ्जित रेलगायतको भनाईहरु सार्वजनिक भईरहेका बेला नेपालबारे जानकार जेएनयुका प्राध्यापक एसडी मुनीको पनि गम्भिर टिप्पणी सार्वजनिक भएको छ । भारत ओलीलाई प्रयोग गर्दै नेपालमा व्यवस्था परिवर्नत गराउन लागेको टिप्पणी मुनीको छ ।

उनले व्यवस्था परिवर्तन गराउनका लागि ओलीसहित राजावादी र मधेशवादीबीच गठबन्धन बनाउन भारत जुटेको पनि रहस्य खोलेका छन् । जुन नेपालमा निकै चर्चा पनि छ ।

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…