Sansar News- Online for Global Nepali

माधव समूहमा विभाजन, ओली नेतृत्वमै जान कस्सिए यी नेता

समर शर्मा
२ हप्ता पहिले
माधव समूहमा विभाजन, ओली नेतृत्वमै जान कस्सिए यी नेता

जेठ २०, काठमाडौं । नयाँ पार्टी गठनको अन्तिम तयारी गरिरहेको नेता माधवकुमार नेपाल नेतृत्वको समूहमा विभाजन आएको छ । माधव समूहका झण्डै आधा जसो मतको प्रतिनिधित्व गर्ने नेताहरु नै ओली नेतृत्वको एमालेमा फर्किन लागेका छन् । उनीहरु बेग्लै समूह बनाएर ओली समूहसँग वार्तामा समेत जुटेका छन् ।

माधव समूहमा सुरुवातदेखि नै मध्यमार्गी देखिएका नेताहरु गोकर्ण विष्ट र योगेश भट्टराईले मुख्यतः वार्ताको संयोजन गरिरहेको बुझिएको छ । यसको अलावा नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसालसमेत वार्ताका लागि सक्रिय बनेका छन् ।

दुई पक्षबीच गत जेठ १७ को राति याक एण्ड यति होटलमा निकै लामो वार्तासमेत भएको थियो । जसपश्चात राष्ट्रपति निवास र प्रधानमन्त्री निवासमा पनि दुई/तीन चरणमा छलफल भईसकेको बुझिएको छ । दुई पक्षबीचको वार्तालाई अगाडि बढाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सक्रिय भएको कुरा बाहिर आएको छ ।

बताइअनुसार ओलीसँग एकताका लागि नेताहरुले ‘०७५ जेठ २’लाई ‘बटमलाईन’का रुपमा अगाडि सारेका छन् । जुन एजेण्डामा सहमत भएको घोषणा गरेसँगै एमाले फर्किने उनीहरुको तयारी छ ।

तर, माधवसहित केहि नेतालाई बाहिरै राख्ने तयारी

दुई पक्षबीचको वार्तामा माधवकुमार नेपाल र झलनाथ खनालसहित ओली विरोधी देखिएका केहि नेताहरुलाई भने नसेमेट्ने गरि छलफल भएको बुझिएको छ । वार्तामा ओली पक्षले यस विषयलाई अडानकै रुपमा राखेको पनि बताइएको छ ।

यसअघि गत जेठ १६ मा बसेको ओली पक्षीय एमालेको स्थायी समिति बैठकले ‘मध्यमार्गी’ नेताहरुलाई मात्रै पार्टीमा भित्र्याउने गरि जानुपर्ने निर्णय नै गरेको थियो । बैठकपश्चात पार्टी प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि केहि निश्चित नेताहरुसँग मात्रै छलफल गर्ने निर्णय गरेको बताएका थिए ।

सोही निर्णयअनुसार नै ओली पक्ष अहिले माधव पक्षका केहि नेताहरुलाई मात्रै तान्ने रणनीतिमा लागेको छ । ओली पक्ष सर्वोच्च अदालतमा दायर मुद्दालाई कमजोर बनाउने र पार्टी गठन गर्ने माधव पक्षको योजनालाई असफल बनाउने रणनीतिमा जुटेको देखिन्छ ।

यसअघि संसद पुनस्र्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने माग राख्दै सर्वोच्चमा दायर गरिएको रिटमा योगेश र गोकर्णले हस्ताक्षर गरेका थिएनन् । जहाँ सुरेन्द्र पाण्डेले पनि वारेसनामार्फत हस्ताक्षर गराएका थिए । रिटमा हस्ताक्षर गरेका घनश्याम भुसाल पनि मागहरुमा सहमती जनाए तत्कालै फिर्ता लिन सहमत रहेको बुझिएको छ ।

चार नेताले छाड्दा माधवलाई कति घाटा ?

अहिले विष्ट, भट्टराई, पाण्डे र भुसाल ओली नेतृत्वकै पार्टीमा फर्किन तयार भईरहँदा माधव पक्षभित्र नेताहरुको हिसाब–किताब हुन थालेको छ । पार्टीभित्र प्रभावशाली मानिएका नेताहरु जाँदा को–को नेता जान्छन् भन्ने चाँसो सबैलाई परेको छ ।

स्रोतले बताएअनुसार चार नेताको पछाडि गणेश पहाडी, दीपकप्रकाश भट्ट, नारायण खतिवडा, ठाकुर गैह्रे, भीम आचार्य, विरोध खतिवडालगायतका नेताहरु देखिएका छन् । यदि ओली समूहमा फर्किने निश्चित भएमा रघुजी पन्त र रामकुमारी झाँक्री पनि जाने धेरैको आकंलन छन् । पछिल्लो समय झाँक्री सन्तुलीत शैलीमा देखिन थालेकी छिन् ।

बताइएअनुसार उनीहरु ओली समूहमा जाँदा माधव समूहका अधिकांश जिल्ला रिक्तसमेत हुने सम्भावना छन् । माधव पक्षका धेरै जिल्ला अध्यक्षहरुमा चार नेताको प्रभाव बलियो छ ।

समूह विभाजनको अवस्थामा झलनाथ र माधवसँग नेताहरु भीम रावलसहित अमृत बोहोरा, मुकुन्द न्यौपाने, बेदुराम भुसाल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, राजेन्द्र राई, जग्गनाथ खतिवडालगायत रहने देखिन्छ ।

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…